होटलमा आगलागी हुदाँ लाखौको क्षती

कञ्चनपुर 
भीमदत्त नगरपालिका–१८, गल्ली नं. १ को फ्रिलाईनमा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड बारमा बुधबार राती आगलागी हुँदा लाखौको क्षती भएको छ । भीमदत्तनगरपालिका – १८ निम्बुखेडा निवासी लाल बहादुर थापाले सञ्चालन गदै आईरहेको होटलमा आफैले बालेको अगरबत्ती बाट आगो सल्किदा होटलमा रहेका मदिरा, पेय पदार्थ, टि.भी, फ्रिज, फर्निचर, ईन्भटर, बिद्युती लाईन पुरै सट भएको छ । त्यहाँ रहेको समानमा आगलागी हुँदा करीब ५ लाख बराबरको क्षती भएको सञ्चालक थापाले बताए ।

No description available.

उक्त होटल सञ्चालनमा आइरहेको भवन पनि लाल बहादुर थापाको नै रहेको छ तर उनी होटलको माथिल्लो तल्ला भाँडामा दिएर तल्लो तल्लामा आफु होटल सञ्चालन गर्दै आइरहेका छन् । राती ९ः३० बजे होटल बन्द गरेर निम्बुखेडा घर हिडेका थापालाई माथिल्लो तलामा बस्ने डोरा वालाले राती ११ बजे आगलागी भएको खबर गरे पछि स्थानिय वासिन्दा र नगरपालिका बाट आएको दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाए ।

No description available.

 

 

ताजा समाचार