निडसले बितरण गरेको राहतको बिबादको छानबिन समिति गठन

छुटेकाहरुले राहत पाउने


दोधारा 

गैरसरकारी संस्था निड्स नेपाल कञ्चनपुरले बितरण गरेको राहतमा अनियमिता भएको भन्दै आज पनि दोधारा चाँदनी नगरपालिका वडा नं. १ वडा कार्यालयमा घेराउ भएपछि बिबाद साम्य भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ का जनप्रतिनिधी, निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी, आन्दोलकारीको बिच सहमती पछि बिबाद साम्य भएको स्थानिय प्रकाश गिरीले जानकारी दिएका छन् । स्थानियहरुले केही दिन अघि मात्रै निड्स नेपाल कञ्चनपुरद्धारा दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा १ सय ७८ घरधुरीलाई प्रिपिड कार्ड मार्फत बितरण गरेको राहतमा आफन्त र आफ्ना कार्यकर्ताहरुलाई सहभागी गराई कोरोना संक्रमणको समस्या परेकाहरु गरिब तथा बिपन्न घरपरिवारलाई पाखा लगाएको भन्दै वडा नं. १ का स्थानियहरु ४ दिन अघि देखि आन्दोलित हुदै आएका हुन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्टको अध्यक्षतामा बसेको मरसीक्रोप्स निड्स नेपालको साँझेदारीमा राहत बितरण कार्यक्रमको बिबादित बिषय सम्बन्धी बैठकमा छलफल पछि उमापती भट्टको संयोजकत्वमा १४ सदस्यीय बिपन्न परिवारको संकलन तथा छानबिन समिति गठन गरिएको छ् । ‘दोधारा चाँदनी नगरपालिका अन्र्तगत वडा नं. १ मा मरसीक्रोप्स निड्स नेपालको अतिबिपन्न परिवारहरुलाई राहत बितरण कार्यक्रमबाट केही सो राहत पाउने ब्यक्तीहरुको घरधुरी छुट्न गएकोले सो घरधुरी बास्तविक पाउने क्याटोगेरीका भए अनुगमन समिति बनाएर उनिहरुको मुल्यांकन गरेर सो समस्याको कोरोना तथा बिपद् ब्यवस्थापन कोषबाट समस्या सम्बोधन गर्ने सर्बसम्मतीबाट निर्णय पारित गरियो’ बैठकको निर्णयमा भनिएको छ् ।

स्थानियहरुले राहत बितरण कार्यक्रम अनुसार जसले राहत पाउनु पर्ने हो उसले नपाएर धनी बर्ग र कोरोना संक्रमणमा घर चलाउन समस्या नभएकाहरुलाई राहत पाएको आरोप लगाउदै आएका थिए । कोरोना संक्रमणको बेला रोजगारी गुमेर घरमा चुल्हो जलाउन समस्या पर्दै आएकाहरुलाई राहत नदिएर धनी ब्यक्तीको घरपरिवारलाई राहत दिएको भन्दै स्थानियहरुले ४ दिन देखि दोधारा चाँदनी नगरपालिका वडा नं. १ का स्थानियहरु आन्दोलित हुदै आएका थिए । वडा कार्यालयमा आन्दोलनको कारण भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम प्रभावित हुदै आएको हो ।

कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारलाई एमसिआईडी र प्रि–पेड कार्ड मार्फत निड्स नेपालले दोस्रो चरणको राहत कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १ र १० मा एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरेको हो । मरसीकोर, प्लान ईन्टरनेशनल र युकेएडको सहयोग र निड्स नेपाल कञ्चनपुरको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा पहिलो चरणमा वडा नं. ३ र ४ मा प्रि–पेड कार्ड मार्फत राहत उपलब्ध गराईएको थियो भने, दोस्रो चरणमा वडा नं. १ र १० मा एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरिएको हो । वडा नं. १० का २ सय १६ घरधुरी र वडा नं. १ मा १ सय ७८ घरधुरीलाई एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरिएको छ् ।


ताजा समाचार

spot_img