जिल्ला परियोजना सल्लाहकार समिति (डिपिएसी) को बैठक सम्पन्न

महेन्द्रनगर

ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट), अमेरिकन हिमालयन फाउण्डेसन (एएचएफ) र महिला विकास समाजको जिल्ला परियोजना सल्लाहकार समिति (डिपिएसी) को बैठक सम्पन्न भएको छ । सोमबार जिल्ला समन्वय समिति अध्यक्ष फैरु तामाङको अध्यक्षतामा भएको बैठक अमेरिकन हिमालय फाउण्डेसनका (ए.एच.एफ) का नेपाल कोडनेटर ब्रुस मोरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

No description available.

बैठकमा फाउण्डेसनका नेपाल संयोजक मोरले आफुहरुले सहयोग रकम जुटाएर जोखिममा परेका वालबालिका, लैङ्गिक हिंसा रोकथाम लगायतका सामाजिक कार्य गर्दै आईरहेको बताए । उनले सस्थाको कार्य क्षेत्र फराकिलो बनाएर लैजाने योजना रहेको समेत बताए । बैठकमा ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी(रेष्ट) कातर्फबाट हिरा थापाले कार्यक्रमको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । थापाका अनुसार २०६८ देखि कञ्चनपुरमा लागु गरिएको कार्यक्रम जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नं. ४, २ र भीमदत्त नगरपालिकाको वडा नं. ७, ८, ९, १२ र १५ मा १५ विद्यालयका तिन सय ९२ जना विद्यार्थिहरु लाभान्भित भएका छन । जिल्लामा सुरुमा कार्यक्रम लागु हुदा १३ विद्यालय र तिन सय ५० जना विद्यार्थीहरुलाई कार्यक्रममा समावेस गरिएको थापाको प्रतिवेदनमा उल्लेख छ ।

No description available.

सस्थाले आर्थिक सहयोग अमर कार्यक्रम गरिरहेको छ । थापाले समेत सोही कार्यक्रम अन्तरगत कक्षा ४ बाट १० सम्म पढेर व्याचुलर्स समेत पास गरेकी हुन । हाल सम्म एस.जि.टी. कार्यक्रम अन्तरगत सन २००९ देखि २०२१ सम्म ५५ जना विद्यार्थी पासआउट भईसकेका छन । भने ९२ जना विद्यार्थी पढिरहेका छन । संस्थाले २०७२ सालको महा भुकम्पको बेलमा र कोरोना महामारीको बेलामा विभिन्न किसीमको राहत वितरण गरेको थियो । बैठकमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधि प्रहरी निरिक्षक राजेश शाहीले महिलाहरु र किसोरीहरु हिंसामा परेमा तुरुन्त प्रहरीलाई खवर गर्नुपर्ने कुरामा जोड दिए । उनले गड्डाचौकी नाका महिला हिंसामा पर्न सक्ने संवेदनशिल नाका भएकाले आफुहरु त्यसकालािग जनचेतनामुलक कार्यक्रम गरिरहेको र सहकार्य गरेर गर्नको लागि तयार रहेको बताए ।

 

भीमदत्तका अन्य वडाहरुलाई समेट्नकोलागि भीमदत्त नगरपालिकाको शिक्षा शाखा पनि समन्वय गर्नको लागि तयार रहेको भिमदत्तन गरपालिकाका शिक्षा शाखाका प्रमुख अधिकृतले बताए । कार्यक्रम अति राम्रो भएकाले कार्यक्रमलाई विस्तार गरिदिन बैठकमा उपस्थित सरोकारवालाहरुले सल्लाह दिएका थिए । ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) का संयोजक डा. अरुणा उप्रेतीले बैठकको सहजिकरण गरेका थिए । त्यसैगरी संस्थाका कार्यक्रम कोडनेटर शान्ति शर्माले बैठकमा उठेका प्रश्नहरुको जवाफ राख्नु भएको थियो ।

ताजा समाचार

spot_img