महिला स्वास्थ्य स्वयंसेविका लाई वडा कार्यालयद्धारा सहयोग


कञ्चनपुर ,
शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८का महिला स्वास्थ्य स्वयंसेविका लाई वडा नं. ८को तर्फबाट आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका वडा न.८को कार्यालय पारिफाँटा कञ्चनपुर सुदुरपश्चिम प्रदेशको दुर्गम गाउँ बस्ति भमरभोज, मुक्त कमैया बस्ति नौखरि, मणिकाधामटोल र धारापानि र बर्रेगाडा टोलमा महिला स्वास्थ्य स्वयंसेबिका सेवा बिहिन अबस्थामा रहेको थियो ।

वडा न.८को कार्यालयले २ बर्ष अगाडि देखि नयाँ भर्ना गरी ५ जना महिला स्वास्थ्य स्वयम्सेबिकाहरुलाइ आइतबार वडा कार्यालय बाट प्रतिब्यक्ति एन्ड्रोइड मोबाइल थान१, साइकल थान१ ,झोला थान१, र ड्रेस थान १ हस्तान्तरण गरियो । शुक्लाफाँटा वडा नं. ८ को वडा अध्यक्ष बहादुर महराले आफुले चुनावी वादा पुरा गर्दै गएको बताए ।


ताजा समाचार

spot_img