गैरसरकारी संस्था निड्स नेपालले बितरण गरेको राहतको कारण दोधारा चाँदनीको वडा कार्यालय विवादमा


दोधरा
गैरसरकारी संस्था निड्स नेपालले बितरण गरेको राहतको कारण दोधारा चाँदनीको वडा कार्यालय विवादमा तानिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा स्थानीयहरुले निड्स नेपालको प्रि–पेड कार्ड बितरण कार्यमा अनियमिता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले जनप्रतिनिधीहरुले प्रिपिड कार्ड वितरणमा अनियमिता गरेको आरोप लगाएर विरोध गरेका हुन् । निड्स नेपालको प्रिपिड कार्ड मार्फत बितरण गरिएको राहतको बिषयलाई लिएर छनौट कार्यमा अनियमिता भएको भन्दै आपत्ती जनाउदै आईतबार दोधारा चाँदनी नगरपालिका वडा नं. १ वडा कार्यालयमा घेराउ पछि तालाबन्दी गरेको स्थानियहरुले बताएका छन् ।

No description available.

वडा कार्यालयमा घेराउको खबर पाएपछि नेपाल प्रहरी सशस्त्र प्रहरीको एक टोली वडा कार्यालयमा पुगेको थियो । कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारलाई एमसिआईडी र प्रि–पेड कार्ड मार्फत निड्स नेपालले दोस्रो चरणको राहत कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १ र १० मा एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरेको हो । मरसीकोर, प्लान ईन्टरनेशनल र युकेएडको सहयोग र निड्स नेपाल कञ्चनपुरको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा पहिलो चरणमा वडा नं. ३ र ४ मा प्रि–पेड कार्ड मार्फत राहत उपलब्ध गराईएको थियो भने, दोस्रो चरणमा वडा नं. १ र १० मा एमसिआईडी र प्रि–पेड कार्ड बितरण गरिएको हो । वडा नं. १० का २ सय १६ घरधुरी र वडा नं. १ मा १ सय ७८ घरधुरीलाई एमसिआईडी र प्रि(पेड कार्ड बितरण गरिएको हो । पहिलो चरणको प्रि–पेड कार्ड मा रु. १३ हजार ५ सय रहेको थियो भने दोस्रो चरणको प्रिपिड कार्डमा रु. १० हजार २ सय ५० रुपिया रहेको बताईएको छ् । छनौटमा परेका कोभिड १९ बाट अति प्रभावित तथा अतिविपन्न परिवारले उक्त कार्डबाट दैनिक उपभोग्य सामग्री खरिद गर्ने ब्यवस्था मिलाईएको हो ।

कोरोना संक्रमणको कारण रोजगारी गुमाएर खाद्यान्नको अभाव भएकाहरुलाई स्थानिहरुलाई पि–(पेड कार्ड मार्फत राहत दिने ब्यवस्था कार्यक्रमको रहेको हो । स्थानियहरुले प्रिपेड कार्ड बितरणको छनौट कार्यमा राजनितिक गरिएको बताएका छन् । आफु र आफन्तहरुलाई छनौटमा पारेको भन्दै गरिब तथा कोभिड–१९ बाट प्रभावित भएकाहरुलाई प्रिपिड कार्ड बितरणमा नाम समाबेस नगरेको आरोप लगाएका छन् । वडा नं. १ वडा कार्यालयमा स्थानिहरुले नाराबाजी गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

यस अघि पहिलो चरणको एमसिआईडी र प्रि–पेड कार्ड बितरणमा कृष्णपुर नगरपालिका वडा नं. ९ मा स्थानीयले राहत वितरणपछि वडा कार्यालयमा तालाबन्दी संगै दोधारा चाँदनी नगरपालिका वडा नं. ४ मा समेत स्थानियहरुले जसलाई पाउनु पर्ने हो उसलाई राहत नपाएर अन्य घरपरिवारलाई राहत पाएको भन्दै बिरोध गरेका थिए । निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी ईश्वर उपाध्यायले घरधुरी छनौट कार्यमा कुनै पनि प्रकारको अनियमिता नभएको बताएका छन् । ‘हामी संग सम्पुर्ण बिबरण पारदर्शी छ्’ निड्स नेपाल कञ्चनपुरका प्रतिनिधी ईश्वर उपाध्यायले भने । यस सम्बन्धमा दोधारा चाँदनी नगरपािलका वडा नं. १ का वडा अध्यक्ष अर्जुन दत्त भट्ट संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।


ताजा समाचार

spot_img