कञ्चनपुर
जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय बिद्यार्थी युनियन कञ्चनपुरका जिल्ला अध्यक्ष नबिन सिहंले जन्मदिनको अवसरमा फलफुल तथा खिर खुवाएका छन ।


श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र रौटेलामा आईतबार सिहंले आफनो २८ औ जन्मदिनको अवसर मा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गरेको बताए ।

जसपाका जिल्ला प्रवक्ता अम्बा दत्त तिवारीले सबै युवाले यसै गरी सामाजिक कार्यमा लाग्न आग्रह गरे । जसपाका प्रचार प्रसार सचिव लोक राज भट्टले युवा शक्ती मिले भने समाज परिवर्तन गर्न सकिने बताए ।







