दोधारा चाँदनीमा २२ सय ४७ जनाले लगाए कोभिड खोप


दोधारा

सरकारले दोस्रो चरणको खोप कार्यक्रमका अन्तर्गत ५५ बर्ष माथीका सबै तथा पहिलो चरणमा छुटेकाहरुलाई प्राथमिकतामा राखि देशभरी कोरोना भाईरस बिरुद्ध खोप अभियान संचालन गरेको छ । यसै क्रममा दोधारा चाँदनी नगरपालिकामा समेत कोरोना बिरुद्ध खोप गत २३ गते देखि संचालनमा आएको हो ।

No description available.

दोधारा चाँदनी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा र स्वाथ्य चौकी चाँदनीमा एकै चोटी खोप लगाउने कार्य गरिएको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २२ सय ४७ जनाले कोभिड–१९ बिरुद्ध खोप लगाईसकेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा ५ सय महिला र ५ सय ९० जना पुरुषले कोरोना भाईरस बिरुद्ध खोप लागएका छन भने स्वास्थ्य चौकी चाँदनीमा ५ सय ७९ जना महिला र ५ सय ७८ जना पुरुषले कोभिड–१९ बिरुद्ध डोज लगाएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् ।

दोधारा चाँदनी नगर क्षेत्रमा झण्डै ४ हजार कोभिड खोप लगाउने लक्ष्य राखिएको थियो । कोभिड–१९ बिरुद्ध डोजको अभावको कारण आज कतिपय स्थानियहरु खोप लगाउन नपाएर फर्किएर गएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा कोरोना बिरुद्ध खोप लगाउने आज अन्तीम रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img