दोधारा चाँदनीमा प्रहरीको साताब्यापी अभियान अन्तर्गत सरसफाई


दोधारा

सामुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्गर्तत दोधारा चाँदनीमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित रहेको महाकाली माता मन्दिर क्षेत्रमा नेपाल प्रहरीले सरसफाई कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका छन् । प्रहरीले स्थानिय तथा संघ संस्थाहरु संग समन्वय राखी साताको प्रत्येक शनिवार सरसफाई लगाएत दोधारा चाँदनी नगर क्षेत्रमा बिभिन्न जनचेतनाका कार्यक्रम गर्दै आएको छ् ।

सोही कार्यक्रम अनुसार आज महाकाली माता मन्दिर क्षेत्रमा स्थानिय, मन्दिर समिति तथा संघ–संस्थाहरु संग समन्वय गरि सरसफाई कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई जनक बहादुर कार्कीले बताएका छन् । सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई जनक बहादुर कार्की, महाकाली झोलुङ्गे पुल अस्थायी चौकीका असई रुपेन्द्र बहादुर चन्द, माईती नेपालका प्रतिनिधी लक्ष्मी कुमारी थापा लगाएत प्रहरी जवान, स्थानिय तथा महाकाली माता मन्दिर समितिका पदाधिकारीहरुको सहभागी रहेको थियो । समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।

समुदायमा प्रहरी संग–संगै छ भन्ने महसुस गराउन स्थानीय स्तरमा हुने अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्न सहज होस भने उद्देश्यले नेपाल प्रहरीले दोधारा चाँदनी नगरपालिकाको विभिन्न स्थानहरुमा रचनात्मक कृयाकलापहरु सञ्चालन गर्दै आएको छ् । प्रहरीलाई नागरिक मैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताईएको छ् । नगर क्षेत्र सरसफाई गरेर नगरवासीलाई सांकेतिक रुपमा नगर सफा राख्नु नगरपालिकाको मात्र नभई आफ्नो पनि दायित्व रहेको बोध गराएको छ् ।


ताजा समाचार

spot_img