अम्बा दत्त जोशी/ कञ्चनपुर: अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
भएको छ।

वडास्तरीय बैजनाथ बाल क्लबको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसड्ब्लुए) को आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा वडास्तरीय निमावि (कक्षा ६–८) हाजिरीजवाफ प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

बैजनाथ बाल क्लबका अध्यक्ष वासुदेव पाण्डेयको अध्यक्षता तथा कृष्णपुर नगरपालिका वडा नं. १ का बालअधिकार समिति संयोजक एवं वडा सदस्य मदन थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम कालिका माध्यमिक विद्यालय, बण्डमा सम्पन्न भएको हो।

प्रतियोगितामा वडाभित्रका जम्मा ७ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा ए.बी. इङ्लिस बोर्डिङ स्कुल, दोमिल्ला प्रथम, कालिका माध्यमिक विद्यालय, बण्ड द्वितीय, राष्ट्रिय माध्यमिक विद्यालय, पहरिया तृतीय र केदार पब्लिक स्कुल, बण्ड चौथो भएका छन्।
कार्यक्रमले बालबालिकाको ज्ञान, प्रतिभा, बौद्धिक क्षमता तथा प्रतिस्पर्धात्मक भावनाको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।










