दोधारा । वर्षाको कारण दोधारा चाँदनी नगरपालिकामा हुने भनिएको तेस्रो मेयर कप फुटवल प्रतियोगिता– २०८३ उद्धघाटन खेल स्थगित भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान खेलमैदानमा आज देखि सञ्चालन हुने भनिएको वर्षाको कारण आजको उद्धघाटन खेल स्थगन गरिएको दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष तेजराज गिरीले जानकारी दिनुभएको छ् । अर्को सुचना प्रकाशित नहुन्जेल प्रतियोगिताको उद्धघाटन खेल स्थगित गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका २० टिम सहभागी भएका छन् । प्रतियोगितामा बिजय फुटवल टिमलाई बिजय कप, प्रमाण पत्र सहित नगद धनरासी रु. १ लाख १ हजार १ सय र उपबिजयता टिमलाई उप–बिजयता कप, प्रमाण पत्र सहित नगद धनरासी रु. ५१ हजार १ सय रहेको दोधारा चाँदनी नगर खेलकुद बिकास समितिले जनाएको छ् ।











