कञ्चनपुर : देशमा राष्ट्रिय महाविपत्ती संकट पर्दा पश्चिम नेपालको सीमावर्ती कञ्चनपुरका उद्योग व्यवसायी स्थानीय नागरिकले भोटेकोशी, त्रिशुलीका वाढीपीडितका लागि हातेमालो (साथ) दिईरहेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघले संस्थागतका साथै जिल्लाभरीका उद्योगी, व्यवसायीदेखि आम सर्वसाधारण नारिकहरुमा सहयोगको आब्हान गरेपछि वाढीपीडितका लागि जिल्लाबाट दैनिक हजारौँ नगद रकम संकलन भईरहेको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले संस्थागत रुपमा भोटेकोशी, त्रिशुली नदीमा आएको विनाशकारी वाढीबाट पीडित नागरिकको उद्दार, राहतका लागि ५ लाख २५ हजार सहयोग गरेर महाविपतीमा हातेमालोको शुरुवात गरेको थियो । त्यसपछि उद्योग वाणिज्य संघकै अध्यक्ष दिनेश मल्लले व्यक्तिगत तर्फबाट ५ लाख रुपैया सहयोग गरेका छन ।
उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष युवा व्यवसायी जंग बहादुर मल्लले ५५ हजार, ५सय ५५, कञ्चनपुर उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले संघका तर्फबाट संस्थागत, अध्यक्ष दिनेश मल्ल सहितका कार्य समितिदेखि संघमा आबद्ध उद्योगी, व्यवसायीहरुले दैनिक सहयोग गरिरहेको बताए । उनका अनुसार प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रकम जम्मा गरिरहेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघको १८ भदौँसम्म साँझसम्मको तथ्याङ्क अनुसार संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले ५ हजार १सय २५, सरस्वती पुस्तक भण्डारीका संचालक गोकुल बोहराले ११ हजार, ममताज काजबारका संचालक धिरज बहादुर चन्दले १५ हजार १सय ५१, रोहित प्लाईवुड भेनियर उद्योगका संचालक राज कुमार शर्माले ५५हजार, संघकै सदस्य हेमराज भट्टले ५ हजार १सय २५, अमृत कस्ष्ट्रक्सनका सचालक पदमराज बोहराले २१ हजार, महालक्ष्मी सप्लार्यस एण्ड डिष्ट्रिब्युटर्सका संचालक युवा व्यवसायी हेमराज भट्टले २१ हजार, उग्रतारा कम्युटरका संचलक पुष्कर पनेरुले २५ हजार, १सय ११, सौरब बोहराले २० हजार, नरेश अग्रवालले १० हजार, एक रुपैया, धर्मराज बोहराले २१ हजार, १सय ११, रमेश कार्कीले २० हजार, सञ्जय कुमार भट्ट(सञ्ज)ले ५ हजार १सय १०, धनराज शर्माले ५ हजार १सय ११, यज्ञ सिह ऐरीले ५ हजार, १सय ११ रुपैया सहयोग गरेका छन ।

यस्तै केएम ईन्टरपाईजेजका संचालक अजु मोहपालले ५ हजार १सय, महाकाली चारलेन पुन निर्माण कम्पनीका ईन्जिनियर किशोर पाण्डेले १५ हजार,५सय ५५रुपैया, हाम्रो भोजनालयका संचालक चक्र्र प्रशाद मिश्रले १लाख १ हजार १सय ११ रुपैया, संघका पुर्व अध्यक्ष एव सुरज ईटा उद्योगका संचालक शिवराज पाण्डेयले ६१ हजार, भीनपा १८ स्थित शिव महादेव वाटर एण्ड मल्टी प्रोडक्सन ईण्डष्ट्रिजका संचालक आशिष खरेलले ११ हजार १सय ११रुपैया, सहयोग गरेको छ ।
यसैगरी भीनपा १८को सफल बचत सहकारीले ५१ हजार आर्थिक सहयोग गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले सिङ्गो राष्ट्र संकटमा परेका बेला जिल्लाबाट समेत केही संस्थागत एव व्यक्तिगत रुपमा सक्दो सहयोग गरिरहेको बताए । अध्यक्ष मल्लले देशका जुनसुकै जिल्लामा महाविपत्ती पर्दा सबै क्षेत्रबाट नेपाली एकजुट हुनुपर्ने आब्हान गरेका छन । जिल्लाका उद्योगी, व्यवसायी सहितका सरकारी ,निजी संस्थागत, विभिन्न संघ संस्तथादेखि आम सर्वसाधारण अन्य क्षेत्रबाट समेत क्रमिक रुपमा प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा दैनिक लाखौँ रकम जम्मा भईरहेको छ ।










