कञ्चनपुर : सडक सुरक्षाका लागि दुर्घटना न्यूनिकरण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रदेश यातायात क्षेत्र सुधार कार्य योजना पारित गरेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले सडकमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि सुदूरपश्चिम प्रदेश यातायात क्षेत्र सुधार तथा नियमन सम्बन्धी कार्य योजना पारित गरेको हो ।

प्रदेश सासद ओम विक्रम भाट(सरल)ले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको कमाण्ड(मन्त्री) सम्हालेपछि यातायात क्षेत्रलाई व्यवस्थित, पारदर्शी प्रविधी, यात्रुमैत्री बनाउने उदेश्यका साथ यातायात कार्यालयका प्रमुख, ट्राफिक, सुरक्षा सहितका सरोकारवालासंग बैठक गरेर पाँच बुँदे कार्य योजना पारित गरेको मन्त्रालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रदेशका सबै यातायात कार्यालयको संस्थागत तथा भौतिक सुधार गर्दै प्रविधीमैत्री बनाउने, बषौँदेखि नविीकरण हुन नसकेका सवारी साधनको नवीकरण प्रकृया, सहज, सरल र व्यवस्थित बनाउने, ईभी स्कुटरको दर्ता, संचालन तथा नियमनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने, यातायात कार्यालयबाट प्रवाह गर्ने सूचना तथा सेवाहरुलाई डिजिटल माध्यमबाट सहज, प्रभावकारी रुपमा उपलब्ध गराउन एकीकृत मोबाईल एप निर्माण गर्ने निर्णय गरिएका छन ।

यस अघि सडक सुरक्षाका लागि एएनपिआर क्यामेरा जडान, चिसापानी–गड्डाचौकी, धनगढी अत्तरिया मोहना सडकमा ट्राफिक लाईट जडान गर्ने, ट्राफिक व्यवस्था सुदृढीकरण गर्ने निर्णय गरिएका थिए । मन्त्री भाटले जिम्मेबारी सम्हाले लगत्तै बषौँदेखि ठेक्का लिएर योजना अलपत्र पार्ने ठेक्का तोड्ने निर्णय गरेका थिए । मन्त्री भाटले तराई, चुरे, पहाड एव हिमाली भूगोल रहेको सुदूरपश्चिम प्रदेशमा आवश्यकता अनुरुप दीगो यातायातको विकास अघि बढाउने सकल्प लिएका छन ।










