जीवन परिवर्तनका लागि योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट


डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणका लागि योगको असाधारण भूमिका रहेको बताउनुभएको छ।
पतञ्जली योग समिति डडेल्धुराले अमरगढीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले आफूले योगको महत्व र यसको प्रभावलाई नजिकबाट बुझेको बताउनुभयो।

उहाँले योगलाई केवल शारीरिक व्यायामका रूपमा नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। मुख्यमन्त्री भट्टले योगलाई प्रदेशका नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रदेश सरकारले योग तथा प्राकृतिक स्वास्थ्यसँग सम्बन्धित गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउँदै प्रदेशभर यसको पहुँच विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो।

उहाँले योगले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै विद्यालय, समुदाय र सार्वजनिक संस्थाहरूमा समेत योग अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।


Loading Viewer...

ताजा समाचार

spot_img