कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको तीन तले भवनबाट हाम फालेका एक नवप्रवेसी विद्यार्थीको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर भीमदत्त नगरपालिका १८ महेन्द्रनगर स्थित सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको तीन तले भवनबाट हाम फालेर घाईते भएका नव प्रवेसी विद्यार्थी उत्तम कार्कीको मृत्यु भएको हो । बेलकोट नगरपालिका ४का २३ बर्षिया विद्यार्थी कार्की १२ उर्तीण पछि उच्च शिक्षाका लागि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ब्याचुलर अफ होटल म्यानेजमेन्ट(बिएचएम)को प्रवेस परीक्षा दिन आएका थिए ।

प्रवेस परीक्षा दिए लगत्तै उनले तेस्रो तलाबाट फिल्मीशैलीमा हाम फालेको व्यवस्थापन संकायले जनाएको छ । तीन तलाबाट हाम फालेर गम्भिर घाईते भएका विद्यार्थी कार्कीको उपचारका क्रममा धनगढी स्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले घाईते कार्कीको उपचारका क्रममा मृत्यु भएको बताए । घरदेखि प्राविधिक शिक्षा अध्ययन गर्दै भविष्य बनाउन हिडेका कार्की तीन तलेछतबाट हाम फालेर सदाका लागि विदा भएका छन ।

कार्कीको निधनसंगै घर परिवारदेखि आफन्त शोकाकुल भएका छन । उच्च शिक्षा अध्ययनकै लागि प्रवेस परीक्षा दिएका कार्कीले किन हाम फाले भन्ने विषयमा घर परिवार, आफन्तदेखि विद्यार्थी नेताहरुले समेत माग उठान गरेका छन । प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।











