दोधारा चाँदनी नगर अस्पतालको अवस्था बुझ्न सांसद महताको अनुगमन


कञ्चनपुर : प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले दोधारा चाँदनी नगर अस्पतालको स्थलगत अनुगमन गर्दै अस्पतालको सेवा–सुविधा, जनशक्ति, भौतिक पूर्वाधार तथा बिरामीलाई उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवाबारे जानकारी लिएका छन्। अनुगमनका क्रममा सांसद महतासँग दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधि, अस्पताल व्यवस्थापन पक्ष तथा स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको थियो।

टोलीले अस्पतालमा देखिएका समस्या, आवश्यक पूर्वाधार तथा सेवा विस्तारका विषयमा छलफल गरेको थियो। अनुगमनपछि सांसद महताले अस्पताललाई सुविधा सम्पन्न नयाँ भवनमा स्थानान्तरण गर्ने विषयमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै निकास निकाल्न पहल थालिने बताएका छन्।

उनले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले अस्पतालको सेवा सुधार र आवश्यक पूर्वाधार व्यवस्थापनमा आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूले अस्पताल सञ्चालनमा देखिएका चुनौती, उपकरण व्यवस्थापन, जनशक्ति अभाव तथा नयाँ भवनमा सेवा सञ्चालनका लागि आवश्यक सहयोगबारे सांसद महतासमक्ष ध्यानाकर्षण गराएका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img