दोधारा चाँदनीमा बन संरक्षण सम्बन्धी सामुदायिक बनका पदाधिकारी बिच अन्तरक्रिया


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हिमालय मध्यवर्ती सामुदायिक बन र सामुदायिक बनका पदाधिकारी बिच अन्तरक्रिया सम्पन्न भएको छ् । हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीको आयोजनामा ४ वटा सामुदायिक बनका पदाधिकारीहरुलाई जैविक विविधता र सामुदायिक बन संरक्षण सम्बन्धी एक दिन अन्तरक्रिया सम्पन्न भएको हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । स्थानीय समुदायको सक्रिय सहभागितामा वनको संरक्षण, संर्वद्दन र दिगो उपयोग गर्ने कार्यमा सबैको सहभागिता अन्तरक्रियामा रहदै आएको कार्यक्रममा बताईएको छ् । सामुदायिक वन क्षेत्र अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, संम्बद्र्धन र दिगो उपयोगका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने कार्यक्रममा छलफल गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् ।

पछिल्लो समय वन डढेलो, अवैध वन पैदावार ओसार पसार तथा वन अतिक्रमण जस्ता चुनौतीहरु बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको हिमालय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो । वन क्षेत्रको जैविक विविधता संरक्षण, हरियाली प्रवद्र्धन तथा वातावरणीय सन्तुलन कायम राख्न जनसहभागिता र सचेतनालाई प्राथमिकता दिईएको अन्तरक्रियाको बिषय बनेको उहाँले बताउनुभएको छ् ।

हिमालय मध्यवर्ती उपभोक्ता समितिका सचिव किशोर आग्रीले सामुदाियक वनको संरक्षणमा देखिएका चुनौतीका बारेमा छलफल भएको बताउनुभयो । वन जंगलको संरक्षण गर्दै उत्पादन र रोजगार सृजना गर्ने कुरामा सामुदायिक वनको भुमिका महत्वपूर्ण हुने उहाँ भनाई छ् ।

अन्तरक्रियमा हिमालय मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतका १० वटा सामुदायिक बनका पदाधिकारीहरुको उपस्थिती रहेको हिमालय मध्यवर्ती उपभोक्ता समितिका सचिव किशोर आग्रीले बताउनुभयो ।

 


Loading Viewer...

ताजा समाचार

spot_img