दोधारा चाँदनीमा बहुमुल्य गहना प्रकरण : ७२ घण्टा पछि मुचुल्कामा हस्ताक्षर गर्न बोलाईयो


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ मा प्रहरीले बरामद गरेको भनिएको बहुल्य गहना बिषय अहिले चर्चामा छ् । प्रहरीले सम्झना धामीको घरमा बरामद गरेको भनिएको बहुमूल्य गहना घट्नास्थलमा मुचुल्कामा जनप्रतिनिधीको हस्ताक्षर नरेको बिषयलाई लिएर स्थानियबासीहरुले बिभिन्न शंका्, उपशंका गर्न थालेका छन् । दोधारा चाँदनी–९ का वडाध्यक्ष गोपीलाल कडेंलले घटना भएको करिब ७२ घण्टा पछि मात्रै प्रहरीले आफूलाई फोन गरेर मुचुल्कामा हस्ताक्षर गर्न आग्रह गरेको, तर घटनाबारे कुनै जानकारी नदिएको कारण हस्ताक्षर गर्न अस्वीकार गरेको बताउनुभएको छ् । ‘घट्ना भएको झण्डै ७२ घण्टापछि मलाई फोन गरेर मुचुल्कामा साइन गर्नुपर्छ भनियो ।

तर के घटना हो, के बरामद भयो, मुचुल्का किन गर्नुपरेको हो भन्ने कुनै जानकारी दिइएन्’ वडाध्यक्ष गोपीलाल कडेंलले भन्नुभयो । ‘घट्नाको कुनै जानकारी बिनै हस्ताक्षर गर्न नमिल्ने भएकाले मैले हस्ताक्षर गर्न मानिन्’ वडाध्यक्ष गोपीलाल कडेंले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख नेत्रमणी गिरी सित घट्ना प्रतिक्रिया माग्दा उहाँले घटना आफुले बुझेर थप खबर गर्ने बताउनुभएको छ् । बरामद गरेको बस्तुको कानुनी प्रकृया अनुसार कार्य भएको दाबी गर्नुभएको छ् ।

ईलाका प्रहरी कार्यालयमा वडाध्यक्ष गोपीलाल कडेंललाई बोलाई मुचुल्कामा हस्ताक्षर गर्न आग्रह गरिएको सामाचार श्रोतले बताएको छ् । बरामद गरिएको बहुमुल्य गहनाको बारेमा प्रहरी अझै सम्म सार्वजनिक गरेको छैन् ।


Loading Viewer...

ताजा समाचार

spot_img