कञ्चनपुर । कुतियाकवर बस्ती जोगाउन निमार्ण गरिएको पक्की तटबन्ध केही दिन आएको आकाशे पानीले भत्काईदिएपछि बस्तीमा त्रास छाएको छ् । केही दिन अघि आएको आएको वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीलाई बाढीबाट जोगाउन सिचाई तथा जलश्रोत आयोजनाले झण्डै ५ करोडमा निमार्ण गरेको तटबन्ध भत्काईदिएपछि बस्तीमा बाढीको त्रास छाएको स्थानियबासीहरुले बताएका छन् । आकाशे पानीले भत्काएको र खाल्डो बनाएको स्थानमा दोधारा चाँदनी नगरपालिकाको योजना अनुसार बोरामा माटो भरेर अस्थायी तटबन्ध निमार्ण अघि बढाईएको छ् ।

महाकाली र जगबुडा नदीको वहाव अझै त्यत्ती धेरै भएको छैन् । आकाशे पानीले भत्काएको स्थानबाट महाकाली नदीको भंगालो बस्तीमा पस्ने खतरा भएको स्थानियबासी माया देबी सुनार बताउनुहुन्छ् । निमार्ण कम्पनीले उक्त स्थानमा बस्तीको पानी निकासा गर्ने व्यवस्था नगरेको कारण तटबन्ध भत्काउनुको साथी तटबन्ध नजिक ठुलो खाल्डो बनाएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

अहिले भत्काएको स्थानमा सामुदायिक विपद् व्यवस्थापन समिति, नेपाली सेना, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी? पुर्व नेपाल प्रहरी संगठन, राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधी, उत्थानशिल युवा सञ्जाल र स्थानियबासीहरुले बाढीको जोखिमलाई रोक्न बोरामा माटो भरेर अस्थायी तटबन्ध निमार्ण कार्यमा लागेका छन् ।











