बाढी पुर्वानुमानमा आधारित अग्रीम प्रतिकार्यका लागी विपद् पुर्व तयारी सम्बन्धी सुन्दरनगरमा सडक नाटक


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी पुर्वानुमानमा आधारित अग्रीम प्रतिकार्यका लागी विपद् पुर्व तयारी सम्बन्धी सचेतनामुलक सडक नाटक सम्पन्न भएको छ् । सुन्दर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी– ८ सुन्दरनगरको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ तथा डिसीएको आर्थिक तथा प्राविधिक सहयोगमा दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरमा बाढी पुर्वानुमानमा आधारित अग्रीम प्रतिकार्यका लागी विपद् पुर्व तयारी सम्बन्धी सचेतनामुलक सडक नाटक सम्पन्न गरिएको सुन्दर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक सर्वजित रोकायाले बताउनुभएको छ् । मनसुन भित्रिने समय भएकोले बाढीबाट मानविय तथा धनमालको क्षती रोक्न तथा समुदायमा सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले सडक नाटक सञ्चालन गरिएको उहाँले बताउनुभयो । बाढीको जोखिम र सतर्कताका विषयमा तयार पारिएको सडक नाटक जनचेतना जगाउने एउटा सशक्त माध्यम भएको संयोजक सर्वजित रोकायाले बताउनुभएको छ् ।

स्थानीय समुदायलाई बाढी आउनु अघि, बाढीको समयमा र बाढी पछिको अवस्थामा अपनाउनु पर्ने सावधानी बारे दृश्य र संवादका माध्यमबाट प्रत्यक्ष जानकारी गराईएको उहाँले बताउनुभयो । सुन्दरनगर बस्ती बाढीको उच्च जोखिममा पर्ने भएकाले यस्ता सचेतनामुलक कार्यक्रमहरु निकै प्रभावकारी हुने उहाँको भनाई छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ सुद्दढ परियोजनाका सामाजिक परिचालिका निर्मला सुनारले बाढी आएको बेला बस्तीनै सम्पर्क विहिन हुने सुन्दरनगर बस्तीमा उद्धार तथा धनजनको क्षतीलाई न्युनिकरण गर्ने पहिलो जिम्मा समुदाय रहेको बताउदै संस्थाले उक्त समुदायलाई बाढीबाट हुने क्षतीलाई रोक्न बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

आकाशमा कालो बादल मडारिदा र अविरल वर्षा हुदा जगबुडा नदीमा पानीको सतह बढेपछि सुरक्षित स्थानमा सर्ने तरिका, खाद्यान्न, महत्वपूर्ण कागजात, औषधी र टर्चलाइट जस्ता सामग्री तयारी अवस्थामा राख्ने, बाढीको समयमा रुख, कच्ची घर वा पोलमा नबसी अग्लो र सुरक्षित स्थानमा जाने, दूषित पानी नपिउने, करेन्ट लाग्नबाट बच्ने र सर्प वा अन्य जीवजन्तुबाट सावधान रहनु पर्ने नाटकमा बताईएको थियो ।

 

 


Loading Viewer...

ताजा समाचार

spot_img