कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)ले डाक्टर बिरेन्द्र बुडाललाई सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तथा जनसंख्या प्रमुखको जिम्मेबारी दिएको छ । बेलौरी ४ कञ्चनपुरका स्थानीय समेत रहेका डा.बुडाललाई सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तथा जनसंख्या प्रमुखको जिम्मेबारी दिएको हो ।

रास्वपा सुप प्रदेशका प्रदेश सभापति ई.प्रकास विष्टले हस्ताक्षर गरेको पत्रमा पाटीको नीति, सिद्धान्त अनुरुप कामकाज गर्न आग्रह गरेका छन । नोभा अस्पताल धनगढीमा कार्यरत बुडाल विगतमा महाकाली र मन्त्र अस्पतालमा कार्यरत थिए । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका संचालक समेत रहेका बुडाललाई जिम्मेबारी दिएपछि उनका सहकर्मीहरुले बधाई तथा शुभकामना दिईरहेका छन ।







