कञ्चनपुर: कञ्चनपुरमा रहेका मुस्लिम समुदायको शसक्तिकरणका लागि अन्तरकृया गरिएको छ । शुक्रबार महेन्द्रनगरमा मुस्लिम आयोगले मुस्लिम समुदायको शसक्तिकरणका लागि अन्तरकृया गरेको हो । कार्यक्रममा गौसिया जामा मस्जिदका अध्यक्ष जुहैब शाहले कर्बरस्थान, मदरसाका लागि सरकारले ध्यान दिनुपर्नेमा माग अघि सारेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, आयोगका सदस्य मोहम्मत समलुहक, मिर्जा अरसद बेग, भीमदत्त नगरका मेयर पदम बोगटीले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्यका लागि आ–आफ्नो ठाँउबाट पहल गर्ने बताएका छन ।







