सुदूरपश्चिमको ऐतिहासिक सफलता: यू-२० राष्ट्रिय एथलेटिक्समा ५ स्वर्णसहित तेस्रो स्थान


काठमाडौ: सुदूरपश्चिम प्रदेशले राष्ट्रिय यू-२० एथलेटिक्स च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको छ।

उमेर समूह अन्तर्गत गण्डकी प्रदेशमा २०८२ चैत २८ र २९ गते पोखरा रंगशालामा सम्पन्न राष्ट्रिय यू-२० एथलेटिक्स प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ५ स्वर्ण, ३ रजत र २ कास्य पदक हात पर्न सफल भएको हो।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को लगानी, खेलाडीहरूको कडा मेहनत तथा प्रदेशका नौवटै जिल्लाका एथलेटिक्सप्रेमीहरूको सहयोग र मायाका कारण यो ऐतिहासिक सफलता सम्भव भएको सुदूरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जोशीले बताउनु भयो। उनले, प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई पदक दिलाउने खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको समेत गर्नुभएको छ।

सुदूरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक जोशीले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणकै कारण यस्तो उपलब्धि हासिल भएको बताए। खेलाडीहरूको उत्साह र समर्पणले सुदूरपश्चिमलाई राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएको छ।

🥇 स्वर्ण पदक विजेता
देवकी धामी — ३००० मिटर
कृष्णा वम — सटपुट
पूजा साउद — ज्याभलिन थ्रो
संगिता वि.क. — ४०० मिटर
विक्रम नाथ — लङ जम्प

🥈 रजत पदक विजेता
लोकेश ऐरी — ज्याभलिन थ्रो
पूजा साउद — सटपुट
संगिता वि.क., स्वस्तिका शाह, मिसन दिप चौधरी, चित्र के.सी. — ४×४०० मिक्स रिले

🥉 कास्य पदक विजेता
दिनेश तिखार्ती — हाई जम्प
संगिता वि.क. — ८०० मिटर


ताजा समाचार

spot_img