लाईन्स क्लब अफ डिष्ट्रिक ३२५नेपाल गर्भनरका लागि उम्मेवार चुनावी मैदानमा

लाईन्स क्लब अफ महाकालीको २८औँ स्थापना दिवस


कञ्चनपुर : लाईन्स क्लब अफ डिष्ट्रिक ३२५नेपाल गर्भनरका लागि उम्मेवार चुनावी मैदानमा उत्रिएका छन । आउँदो ५ बैशाख नेपालगन्जमा हुने लाईन्स क्लब अफ डिष्ट्रिक ३२५नेपाल गर्भनरका लागि हुने महाधिवेशनका लागि तीन लाईन्स अगुवाहरुले उम्मेवारीका लागि चुनावी मैदानमा उत्रिएका हुन । जिल्ला गर्भनरका लागि टिकाराम चापागाई, फष्ट भ्वाईस जिल्ला गर्भनरका लागिका डा. नेत्रराज चटौत र सेकेन्ड भ्वाईस जिल्ला गर्भनरका लागि चिन्तामणी धिताल रहेका छन ।

गर्भनरको उम्मेदवार त्रय चापागाई, चटौत र धितालले सहयोगका लागि अपिल गरेका छन । उम्मेदबार घोषणा कार्यक्रममा निशा भट्टको सभापतित्व र सुप विश्वविद्यालयका पुर्व रजिष्टार डा.हेमराज पन्त रहेका थिए । यसैविच शनिबारै महेन्द्रनगरमा लाईन्स क्लब अफ महाकालीको २८औँ स्थापना दिवस मनाएको छ । लाईन्स क्लब अफ महाकालीका अध्यक्ष भाष्कर पन्तले शुभकामना आदान प्रदान कार्यक्रम गरेर दिवस मनाएको बताए । कार्यक्रमको अध्यक्ष समेत ग्रहण गरेका पन्तले स्थापना दिवसपछि थप समाजिक कामकाज अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा लायन अगुवाहरुले लायन्स क्लब अफ महाकालीले विगतदेखि गर्दै आएका समाजिक कार्यक्रम आगामी दिनमा समेत गर्नुपर्ने सुझाव दिएका छन । लायन लक्ष्मीदत्त पन्तले संचालन गरेको कार्यक्रममा लायन क्लबका सदस्य समेत रहेका कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्ल सहितका संघका पदाधिकारीहरु सहितका विवित समाजिक क्षेत्रमा रहेका लायनका सदस्यहरुलाई सम्मान गरिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img