अमेटी कलेजले ‘अमेटी फेस्ट ३.०’ मनायो


कञ्चनपुरः  भीमदत्त नगरपालिका–६, बनगाउँ स्थित अमेटी कलेजले आज विशेष कार्यक्रमको आयोजना गरी ‘अमेटी फेस्ट ३.०’ मनाएको छ।

अमेटी कलेजका विद्यार्थीहरूको आयोजनामा हुने यो फिस्ट विगत तीन वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै कलेजका अध्यक्ष गोकुल देव भट्टले यस किसिमका कार्यक्रमले पाठ्यक्रमको उद्देश्य पूरा गर्न सहयोग पुर्‍याउने बताए। उनले भने, “विद्यार्थीहरूले कक्षा कोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई भविष्यमा व्यवहारिक रूपमा कार्यान्वयन गर्न यस्ता कार्यक्रमले आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई व्यवहारिक बनाउँछ।”

कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयकी परीक्षा नियन्त्रक अनुराधा रोकायाले ‘अमेटी फेस्ट ३.०’ समय सान्दर्भिक रहेको बताइन्। विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस्ता कार्यक्रमको आयोजना आवश्यक रहेको उल्लेख गर्दै उनले यसले विद्यार्थीमा आत्मविश्वास र व्यवहारिक क्षमता विकास गर्ने बताइन्।

अमेटी कलेजका प्रिन्सिपल रविन्द्र अवस्थीले कलेजबाट अध्ययन पूरा गरेपछि विद्यार्थीहरूलाई स्वरोजगार र उद्यमशीलतामुखी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताए। “यसले विद्यार्थीहरूलाई भविष्यमा रोजगारी सिर्जना गर्न सक्षम बनाउने किसिमको तालिम पनि प्रदान गर्छ,” उनले भने।

कलेजका अध्यक्ष गोकुल देव भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा अनुराधा रोकाया रहेकी थिइन्।
आज सम्पन्न ‘अमेटी फेस्ट ३.०’ मा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफ्ना प्रतिभा प्रस्तुत गर्नुका साथै विभिन्न प्रकारका नास्ता, सामान तथा मनोरञ्जनका स्टलहरू समेत राखेका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img