रश्मिका मल्ल र करण साउदको अभिनयमा डेउडा गीत “धनसिङ्या जिउनुई छ” सार्वजनिक


कञ्चनपुर : नेपाली मौलिकता झल्काउने नयाँ देउडा गीत “धनसिङ्या जिउनुई छ” सार्वजनिक भएको छ । गीतलाई न्यू काफली म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीतको कथा समाजमा बारम्बार देखिने यथार्थसँग गाँसिएको छ । विवाह पछि भारत कमाउन गएका एक युवकले परिवारसँग बेवास्ता गर्ने, घरमा चासो नदिने, कमाएको पैसालाई दारु र जुवामा खर्च गर्ने, झगडा गर्ने र लामो समय सम्म सम्पर्क विहीन भएर बसेको अवस्थालाई गीत मार्फत प्रस्ट चित्रण गरिएको छ। लामो समयपछि मात्र घरपरिवारमा संवाद हुने प्रसङ्गलाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

भिडियोमा कलाकार रश्मिका मल्ल ठकुरी र करण साउदले अभिनय गरेका छन्। उनीहरूको प्रस्तुतिले कथा अझ प्रभावकारी बनेको दर्शकले प्रतिक्रिया दिएका छन्। पोशाक, हाउभाउ र अभिनयमा मौलिकताको झल्को देखिनुका साथै भिडियोमा प्रयोग गरिएको दृश्य–शैलीले आधुनिकपनको स्वाद पनि दिएका कारण गीतलाई परम्परा र आधुनिकताको संगमको रूपमा हेरिएको छ ।

गीतलाई वास्तविक झल्काउन कलाकार रश्मिका मल्ल र करण साउदको अभिनयले निकै महत्वपुर्ण भुमिका खेलको छ । लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत रश्मिका यो भन्दा पहिले पनि दुईटा भिडियो ‘प्रेमले गरिबी मन पराउदैन’ र ‘के चल्छ र यो सास’ मा उनको अभिनय देख्न सकिन्छ । छोटो समयमा कलाकारिता मार्फत आफनो पहिचान बनाउन सफल भएकी रश्मिका पढाई सँगै कलाकारितामा आफनो पहिचान बनाउने बताउछिन् । उनको प्रेमले गरिबी मन पराउदैन भन्ने गित युटुबमा सार्वजनिक भए सँगै छोटो समयमा १० लाखा भन्दा बढी दर्शकले मन पराएका छन् ।

यस गीतमा गायक पदम कार्की र गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ भने शब्द चर्चित सर्जक टेक बहादुर ऐरले लेखेका छन्। लय पदम कार्कीकै रहेको गीतको भिडियो रमेश बिजुली बीसीले निर्देशन गरेका हुन्।


Loading Viewer...

ताजा समाचार

spot_img