वडा अध्यक्ष ठकुल्लाको नेतृत्वमा जिर्ण सडकका खाल्डा खुल्डी पुरियो


झलारी : शुक्लाफाँटा नगरपालिका–४ स्थित जिर्ण सडकका खाल्डा–खुल्डी पुर्ने कार्य सम्पन्न गरिएको छ । कालिका माध्यमिक विद्यालयको दक्षिणतर्फ एक किलोमिटर क्षेत्रमा रहेका ठूला–साना खाल्डा–खुल्डी वडा अध्यक्ष कमल बहादुर ठकुल्लाको अगुवाईमा ग्राभेल हालेर मर्मत गरिएको हो । उक्त सडक सात वर्षअघि कालोपत्रे गरिएको भए पनि समयसँगै सडकको विभिन्न स्थानमा खाल्डा–खुल्डी बनेका थिए । वडाले पछि भुक्तानी गर्ने गरी आवश्यक ग्राभेलको व्यवस्था गरी तत्काल मर्मतको काम अघि बढाएको हो।

सडक मर्मत कार्यमा वडा सदस्य मनीदत्त पन्त, पदमा पार्की, दुर्गा लुहार, नेपाली कांग्रेस प्रदेश सभा (ख) निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति करन सिंह ऐर, नेकपा एमालेका जिल्ला समिति सदस्य नविन धानूक, हरिदत्त भट्ट, नेपाली कांग्रेस वडा सभापति सुग्रिव राना लगायत स्थानीय समाजसेवी तथा बासिन्दाले श्रमदान गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img