कञ्चनपुर : भीनपा–१५ स्थित वडा कार्यालयमा रहेको राम जानकी योग साधना केन्द्रले महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा दर तथा नाचगान कार्यक्रम सम्पन्न गरेको छ।


राम जानकी योग साधना केन्द्रले प्रत्येक वर्ष महिलाको सम्मानमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। “आगामी दिनमा पनि महिलाको सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने,” संयोजक करबिर सिह भण्डारीले बताए ।


आजको दर कार्यक्रममा सहभागी सबै योग साधनासँग आबद्ध भएकाले साधा खीर, तरकारी र अचारको व्यवस्था गरिएको थियो। खीर र तरकारी नखाने साधकहरूका लागि फलफूलको पनि व्यवस्था गरिएको थियो। दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रम साँझ ५:३० बजे सम्पन्न भएको हो।


कार्यक्रममा पतञ्जलि योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी, केन्द्रीय सदस्य लवराज भट्ट, महिला पतञ्जलि योग समिति कञ्चनपुरकी अध्यक्ष कमला पाण्डेयसहित विभिन्न योग साधना केन्द्रका सदस्यहरूको सहभागिता रहेको थियो।






