युवा रेक्रडसकर्मी पाण्डेय मन्त्रीको दौडमा


कञ्चनपुर : कञ्चनपुरका एक युवा रेडक्रसकर्मी मन्त्रीको दौडमा जुटेका छन । बेलौरीका स्थानीय समेत रहेका युवा रेडक्रसकर्मी अशोक पाण्डेय रेडक्रस जिल्लाको मन्त्रीमा दौडधुपमा जुटेका हुन । ३१ साउनमा हुन लागेको नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको नयाँ कार्य समितिका लागि हुने निर्वाचनमा पाण्डेय मन्त्री पदका प्रबल आँकाक्षी छन । दुई दशकदेखि रेडक्रसकर्मी भएर समाजसेवमा काम गर्दै आएका पाण्डेय अहिले जिल्लाको मुख्य पदाधिकारीको जिम्मेबारी लिने आँटमा छन ।

०६३सालमै अध्ययनकै क्रममा स्कुले जिवनदेखि जुनियर रेडक्रसकर्मी भएका थिए । ०७१ मा रेडक्रसको आजिबन सदस्य, ०७३ मा बेलौरीको त्रिपुरा उपशाखा सहसचिव ०७८ मा जिल्ला कार्य समितिको जिम्मेबारी सम्हालिसेकका पाण्डेय यस पटक मन्त्रीको जिम्मेबारी लिन खोजेका छन । मन्त्रीको दौडमा देखिएका रेडक्रसकर्मी पाण्डेयले जिल्लाभरी निःशुल्क रगत उपलब्ध गराउने, विपद्को पहिचान गरेर नागरिकलाई विपदमुक्त गराउने एजेण्डा अघि सारेका छन ।

बेलौरी नगरपालिका विपद् फोकलप्रशन समेत रहेका युवा रेडक्रसकर्मी पाण्डेयले आफुलाई जिम्मेबारी दिए जिल्लाभरी रेडक्रसकोे सेवा नागरिकलाई प्रभावकारी बनाउने संकल्प लिएका छन । उनले युवाहरुलाई समेत जिम्मेबारी दिन सबै रेडक्रसकर्मीमा अपिल गरेका छन ।


ताजा समाचार

spot_img