कञ्चनपुर मण्डी व्यवसायी संघको १६ औं वार्षिक साधारणसभा एवं ९ औं अधिवेशन सम्पन्न

९ औं अधिवेशनबाट अध्यक्षमा पुनः सोनार चयन

कञ्चनपुर : कञ्चनपुर मण्डी व्यवसायी संघको १६ औं वार्षिक साधारणसभा एवं ९ औं अधिवेशन भव्यताका सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै कञ्चनपुर मण्डी व्यवसायी संघको १६ औं वार्षिक साधारणसभा एवं ९ औं अधिवेशन महेन्द्रनगर स्थित सब्जीमण्डीमा सम्पन्न भएको हो ।

आज भएको ९ औं अधिवेशन बाट सर्वसम्मत नयाँ कार्य समितिको चयन भएको छ । जसमा अध्यक्ष विशाल सोनार, उपाध्यक्ष अनिल प्रसाद चौधरी, महासचिव गोविन्द सिंह साउद, सचिव हेमन्त जोशी, कोषाध्यक्ष बिरेन्द्र प्रसाद जोशी सदस्यहरुमा मालती भण्डारी, बिस्ना राना, सुरेन्द्र चन्द, दशरथ राज धिक्त, रमित ओझा, टेकेन्द्र थापा, मान बहादुर चन्द सल्लाहकारमा तर्कराज भट्ट, प्रकाश उपाध्याय रहेका छन।

लामो समय देखी कृर्षकहरुको तरकारी खरीद गर्दै उपभोक्ताहरुलाई ताजा र स्वच्छ तरकारी दिदैं आएको कञ्चनपुर मण्डीव्यवसायीले आगामी दिनमा अझै सर्व सुलभ दरका साथ ताजा र स्वच्छ तरकारी उपभोकता सामु पस्कने मण्डीव्यवसायका अध्यक्ष विशाल सोनरले बताए । त्यसैगरी ‘आगामी दिनमा बिषादी परिक्षण गरि स्वच्छ तरकारी उत्पादनमा विशेष जोड्न आग्रह गर्दै सधै साथ सहयोग रहने कृषि ज्ञान केन्द्र प्रमुख गोबिन्द सिजापती प्रतिबद्धता गर्नु भयो । ‘उद्योग वाणिज्य संघ कञ्चनपुरका सचिव राहुल भट्ट व्यवसाय लाई व्यवस्थापन गर्नमा आगामी दिनमा कृषकले उत्पादनले गरेका बस्तुलाई उपभोक्ता माझ पुगाउनु पर्नेमा जोड दिनु पर्ने बताए। उनले व्यवसाय लाई व्यवस्थापनमा विशेष जोड दिदै बजारीकरणमा समेत ध्यान दिनु पर्ने बताएका छन् ।’ कञ्चनपुर मण्डी व्यवसायलाई थप नयाँ बनाउने उद्देश्यले काम कार्य अगाडि बढाउने योजनाका साथ बजेट विनियोजन गरिएको र थप सरसफाइमा समेत ध्यान दिनु पर्ने भीमदत्त नगरपालिका वडा न ४ का वडा अध्यक्ष सुशील कुमार भट्ट बताउनु भयो। उनले भने, आगामी दिनमा समन्वय सहकार्य संगै भीमदत्त नगरपालिका र वडा कार्यालयले गर्ने काममा सधै संगै हुने समेत प्रतिबद्धता जाहेर गरेका छन्।’ उत्पादन गरेका बस्तुलाई उपभोक्तको माझमा पुगाउनको लागि सरल बनाउन सबै संग समन्वय र सहकार्य मुख्य पाटो रहेको हुँदा यो कुरामा विशेष जोड दिनु पर्ने प्रमुख अतिथि नेपाल फलफुल तथा तरकारी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चपाईले भने े। उनले बिषादी परिक्षण लगायतका कुरामा राज्यले विशेष जोड दिनु पर्ने बताए।

कार्यक्रमका सभापति कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनार, प्रमुख अतिथि नेपाल फलफुल तथा तरकारी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण चपागाई, विशिष्ट अतिथि भीमदत्त नगरपालिका वडा न ४ का वडा अध्यक्ष सुशील कुमार भट्ट , उद्योग वाणिज्य संघका सचिव राहुल भट्ट, कृषि ज्ञान केन्द्र प्रमुख गोबिन्द सिजापती , फलफुल तथा तरकारी व्यवसाय संघका अध्यक्ष महादेव भट्ट लगायत मण्डी व्यवसायीहरुको उपस्थिति रहेको थियो। महासचिव गोबिन्द सिंह साउँदले कार्यक्रम सञ्चालन गरेका थियो। भने निवर्तमान अध्यक्ष तर्कराज भट्टले स्वागत मन्तव्य राखेका थिए ।

ताजा समाचार

spot_img