लालझाडी क्लबले गर्‍यो ग्रासरुट फुटबल प्रशिक्षण सुरु, रोकायालाई प्रशिक्षकको जिम्मेवारी


महेन्द्रनगर:कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको लालझाडी युवा क्लब -११ ले ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको दक्षिणी क्षेत्र लाई खेलकुदमय बनाउनको लागि लालझाडी युवा क्लब–११ ले ग्रासरुट फुटबल बिकासका लागि प्रशिक्षण कार्यक्रमको सुरुवात गर्नका लागि प्रशिक्षकमा शेर बहादुर रोकायालाई क्लबले जिम्मेवारी दिएको क्लबका अध्यक्ष काशिराम बोहराले बताउनु भयो।

“हामीले यस कार्यक्रममार्फत बालबालिकामा रहेको प्रतिभा उजागर गर्दै भविष्यका लागि सक्षम र कुशल मेहनेती खेलाडीहरु उत्पादन गर्ने लक्ष्य लिएका छौं, जसमा ग्रास रुट फुटबल बिकासमा निकै ठूलो टेवा पुग्ने क्लबका अध्यक्ष काशिराम बोहराले भन्नू भयो।”

उनका अनुसार,नियमित फुटबल प्रशिक्षण गराउनको लागि क्लबले प्रशिक्षक रोकायालाई एक कार्यक्रमका बिच स्वागत गर्दै खेलाडीहरु संग समेत परिचयात्मक कार्यक्रम समेत गरेको छ। पुनर्वास नगरपालिका वडा नं. १० मा रहेको उक्त क्लबले नियमित प्रशिक्षण कार्यक्रम साउन ०६ गते मंगलबार दिउँसो ४:४५ देखि बेलुका ७ बजे सम्म नियमित प्रशिक्षण कार्यक्रम हुने छ।


Loading Viewer...

ताजा समाचार

spot_img