दोधारा । दोधारा चाँदनी नगरपालिकामा जगबुडा नदीले भत्काएको तटबन्धको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल झोलुङ्गे पुल देखि पुर्णागिरीघाट सम्म क्षेत्रमा जगबुडा नदीले गएको बाढीले भत्काएको तटबन्धको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, नगरप्रबक्ता हरिसिंह धनाडी, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षत्रीको एक टोलीले भत्काएको स्थानको अनुगमन गर्नुभएको छ् ।

तटबन्धको केही स्थानमा बस्तीको पानीले क्षती बनाएको र केही स्थानमा जाली खस्कीएको हुदा वर्षायाममा जगबुडा नदीले तटबन्धलाई क्षती गर्ने अवस्थालाई मध्यनजर राख्दै तटबन्ध मर्मतको लागी पहल भईरहेको बताईएको छ् ।

टोलीले स्थानियबासीहरु संग भेट गरि बाढीको बेला नदीले पुर्याउन सक्ने क्षती र आफुहरुले गरेको पहलको बारेमा छलफल गरिएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।

