दोधारा । पर्यटन प्रर्वद्धनको निम्ती महाकाली झोलुङ्गे पुल नजिक निमार्ण भईरहेको ‘सेल्फी पोईन्ट’ को अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको योजना तथा कार्यक्रम अनुसार पर्यटक भित्र्याउन निमार्ण सुरु गरिएको ‘सेल्फी पोईन्ट’ को निमार्ण कार्यको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, नगरप्रबक्ता हरिसिंह धनाडी, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, शिक्षक टंकलाल जोशी लगाएत टोलीले अनुगमन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ स्थित महाकाली झोलुङ्गे पुल नजिक पर्यटक भित्र्याउने उद्धेश्यले सेल्फी पाईन्ट निमार्ण कार्य सुरु गरिएको हो ।

पुलमा फोटो तथा भिडिओ कैद गर्नेको भिडभाड लाग्ने गरेको छ् । झोलुङ्गे पुल पछिल्ला समय यता पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको कारण दोधारा चाँदनी नगरपालिकाले थप पर्यटकहरुलाई भित्र्याउने उद्धेश्यले सेल्फी पाईन्ट निमार्ण कार्य अघि बढाएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाले रु. ३ लाख ८० हजार लागतमा उपभोक्ता समिति मार्फत सेल्फी पोईन्ट निमार्ण कार्यलाई तदारुकताका साथ अघि बढाएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।

पर्यटनको प्रचुर सम्भावना बोकेको महाकाली झोलुङ्गे पुल संग ४ लेनको पक्की पुललाई पर्यटक भित्र्याउनको निम्ती व्यापक प्रचार–प्रसार हुनु जरुरी उहाँले बताउनुभयो ।
