पर्यटन प्रर्वद्धनको लागी महाकाली झोलुङ्गे पुल नजिक ‘सेल्फी पोईन्ट’ निमार्ण हुदै

दोधारा । पर्यटन प्रर्वद्धनको निम्ती महाकाली झोलुङ्गे पुल नजिक ‘सेल्फी पाईन्ट’ निमार्ण कार्य सुरु गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ४ स्थित महाकाली झोलुङ्गे पुल नजिक पर्यटक भित्र्याउने उद्धेश्यले सेल्फी पाईन्ट निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । पुलमा फोटो तथा भिडिओ कैद गर्नेको भिडभाड लाग्ने गरेको छ् । झोलुङ्गे पुल पछिल्ला समय यता पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको कारण दोधारा चाँदनी नगरपालिकाले थप पर्यटकहरुलाई भित्र्याउने उद्धेश्यले सेल्फी पाईन्ट निमार्ण कार्य अघि बढाएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो ।

उहाँका अनुसार तुलनात्मकरुपमा सार्वजनिक बिदाको समयमा पुलमा आन्तरिक तथा बाह्य पर्यटकको बढी घुईचो लाग्ने गरेको छ् । सूर्यास्त र सुर्योदय सुन्दर दृश्यलाई पृष्ठभूमीमा राखेर पुलबाट तस्वीर कैद गर्न सकिने भएको हुदा बिहान र साँझको बेला पर्यटकहरुको भिड बढी लाग्ने गरेको छ् । दोधारा चाँदनी नगरपालिकाले रु. ३ लाख ८० हजार लागतमा उपभोक्ता समिति मार्फत सेल्फी पोईन्ट निमार्ण कार्यलाई तदारुकताका साथ अघि बढाएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।

पर्यटनको प्रचुर सम्भावना बोकेको महाकाली झोलुङ्गे पुल संग ४ लेनको पक्की पुललाई पर्यटक भित्र्याउनको निम्ती व्यापक प्रचार–प्रसार हुनु जरुरी उहाँले बताउनुभयो ।

विसं २०६१ सालमा रु. ९ करोड ४२ लाख ४१ हजार ९ सय ५६ रुपिँयाको लागतमा निमार्ण गरिएको एसियाको दास्रो लामो झोलुङ्गे पुल पर्यटकको पहिलो रोजाई बन्दै आएको छ् ।

ताजा समाचार