मेयर लिम्बुको पहलमा नगर अस्पताललाई पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहयोग, सेवा प्रवाहमा सहजता हुने

दोधारा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वान हार्ट वल्र्ड वाईडले कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पताललाई पोर्टेवल अल्ट्रा साउण्ड मसिन सहयोग गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुको पहलबाट वान हार्ट वल्र्ड वाईडले दोधारा चाँदनी नगर अस्पताललाई एक थान पोर्टेवल अल्ट्रा साउण्ड सहयोग गरेको दोधारा चाँदनी नगर अस्पतालका प्रमुख डाकटर जिवन किरण स्नेहीले जानकारी दिनुभएको छ् । सुक्रवार एक कार्यक्रमको बिच वान हार्ट वल्र्ड वाईडले पठाएको पोर्टेवल अल्ट्रा साउण्ड मसिन दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले नगर अस्पताललाई हस्तान्तरण गरिएको नगर अस्पतालका प्रमुख डाक्टर जिवन किरण स्नेहीले बताउनुभयो ।

संस्थाले अस्पताल पोर्टवल अल्ट्रासाउण्ड मेसिन प्राप्त गरेपछि गर्भवती महिलाहरुको स्वास्थ्य चेक जाँच, भिडियो एक्सरे लगाएतका सेवाहरुमा सहजता हुने डाक्टर जिवन किरण स्नेहीले बताउनुभएको छ् । उक्त मेसिनबाट पेटमा रहेका अंगहरु किड्नी, कलेजो, गलब्ल्याडर, प्यानक्रियाज, प्रोस्टेस्ट लगाएतका अंगहरु पेटको अल्ट्रासाउण्ड मार्फत गर्न सकिने उहाँले बताउनुभयो ।

नगर अस्पतालमा पोर्टेवल अल्ट्रा साउण्ड मसिन प्राप्त भएपछि थप सेवा प्रवाहमा सहजता हुने अस्पताल प्रमुख डाक्टर स्नेहीको भनाई छ् । गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच, नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले थप सहयोग पुर्‍याउने दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

ताजा समाचार