जिल्ला खेलकुद समितिले निवर्तमान सदस्य सचिव सिंह लाई गरे बिदाई

महेन्द्रनगर: कञ्चनपुर जिल्ला खेलकुद समितिले सुदूरपश्चिम खेलकुद परिषदका निवर्तमान सदस्य सचिव दिपक बहादुर सिंह लाई फेरि भेटौला साथ बिदाई गरेको छ।

शुक्रबार कञ्चनपुर जिल्ला पालिका स्तरीय भीमदत्त महिला कबड्डि प्रतियोगिताको उद्धघाटन कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का, उपाध्यक्ष कैलाश चन्द्र गिरी, कोषाध्यक्ष सुरेन्द्र शाही र कार्यालय प्रमुख गोपाल दत्त भट्ट लगायत कार्यसमिति पदाधिकारीले निवर्तमान परिषद सदस्य सचिव सिंह लाई फेरि भेटौला साथ बिदाई गरिएको हो। उनलाई दोसल्ला साथ कदर पत्र समेत दिएको थियो।

सुदूरपश्चिम खेलकुद क्षेत्रमा अतुलनीय योगदान पुगाउदै सुदूरपश्चिम खेलकुद परिषदमा आफ्नो कार्यकाल सफलताका साथ सिंहले पूरा गर्नु भएको थियो। उनका कार्यकालमा विभिन्न खेलकुद क्षेत्रले अवसर प्रदान गर्नुका साथै सुदूरपश्चिम प्रदेशले राष्ट्रिय स्तरमा समेत कृतिमान समेत बनेका छन्।

ताजा समाचार