महेन्द्रनगर: कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सुरु भएको छ।

शुक्रबार कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२ उद्धघाटन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य सचिव लोक बहादुर खड्काले गर्नु भएको हो।

प्रतियोगिताको उद्धघाटन समारोहका सभापतित्वमा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्का (रबि) को प्रमुख अतिथित्वतामा प्रतियोगिताको उद्धघाटन गर्नु भएको थियो। भने कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका निवर्तमान प्रदेश सदस्य सचिव दिपक बहादुर सिंह, भीमदत्त नगरपालिका वडा न.१० का अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष महेश चन्द, सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका प्रमुख तथा प्रतिनिधि जिल्ला खेलकुद समितिका कार्यसमिति पदाधिकारी, विभिन्न खेलकुद संघका प्रमुख, निर्णायक लगायत खेलाडी खेल प्रेमीहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले गर्नु भएको थियो।

प्रतियोगिता असार २० र २१ गते सम्म सञ्चालन हुने छ। प्रतियोगितामा जिल्लाका ६ पालिका महिला टिमको भीमदत्त, पुनर्वास, कृष्णपुर,शुक्लाफाँ, बेदकोट नगरपालिका र लालझाडी गाउँपालिकाको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल भोलि सनिवार एक कार्यक्रमका साथ बिहान ११ बजे सम्पन्न हुने छ।
