पर्यटकिय क्षेत्र महाकाली झोलुङ्गे पुल नजिक बृहत सरसफाई कार्यक्रम

दोधारा । कञ्चनपुरको पर्यटकिय स्थलका रुपमा रहेको महाकाली झोलुङ्गे पुल क्षेत्रमा सरसफाई कार्यक्र सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ मा स्थित एसियाको दास्रो लामो महाकाली झोलुङ्गे पुलमा नगर प्रहरी, उत्थानशिल युवा सञ्जाल, माईती नेपाल, निड्स नेपाल, स्थानिय व्यापारीको सहयोग र सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न भएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका संयोजक दुर्गा बडुवालले बताउनुभयो । महाकाली झोलुङ्गे पुलको अवलोकन गर्ने पर्यटकलाई भित्र्याउन पुल क्षेत्र सरसफाई तथा स्वच्छ बनाउन सरसफाई कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभएको छ् ।

पर्यटकिय क्षेत्रकोरुपमा रहेको महाकाली झोलुङ्गे पुलमा झाडी तथा फोहर हुन थालेपछि नगर प्रहरी, उत्थानशिल युवा सञ्जाल, नेपाल प्रहरी, माईती नेपाल, निड्स नेपाल, स्थानिय व्यापारीको सहयोग सरसफाई कार्यक्रम गरिएको संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । सफा, स्वस्थ र हरित दोधारा चाँदनी नगर बनाउने क्लिन सिटी, ग्रिन सिटी नारा अनुसार बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ् ।

सबै क्षेत्र संग सहकार्य र समन्वय गरी दोधारा चाँदनी नगरलाई सफा, स्वस्थ्य र हरित बनाउन सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएकामा धन्यबाद दिदै ओंमकार आधारभुत बिद्यालयका शिक्षक टंकलाल जोशीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताउनुभएको छ् ।

झोलुङ्गे पुल पर्यटकहरुका लागि आकर्षणको केन्द्र भएको हुदा यस क्षेत्रमा सरसफाई लगायत पूर्वाधार विकासका कार्यक्रमलाई थप प्राथमिकता दिएकोमा दोधारा चाँदनी नगरपालिकालाई शिक्षक टंकलाल जोशीले धन्यबाद दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाले महाकाली झोलुङ्गे पुलमा निमार्ण सुरु गरेको सेल्फी पोईन्टले पर्यटकहरुलाई भित्र्याउन थप सहयोग गर्ने उहाँको भनाई रहेको छ् ।

ताजा समाचार