मानव बेचबिखन रोक्न दोधारा चाँदनीका किशोरीलाई कानुनी अनुशिक्षण

दोधारा । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध बेचविखनको जोखिममा रहेका किशोरीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ मा माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध बेचविखनको जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण प्रदान गरेको हो । भारत संग जोडिएको सिमा वडाहरु मानव बेचबिखन तथा ओसारपसारका दृष्टिले संबेदनशिल छन् । भारतको सिमा संग जोडिएको दोधारा चाँदनीका बस्तीका वडाहरु महिला तथा किशोरीहरु बेचबिखनको चपेटामा पर्न सक्ने जोखिम उच्च रहेको हुदा माईती नेपाल कञ्चनपुरले बिभिन्न समयमा जनचेतनामुलक कार्यक्रम संगै जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण गर्दै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

बेचबिखनको जोखिममा रहेको दोधारा चाँदनीको वडा नं. ३ को ग्रामिण बस्तीहरुका किशोरीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरिएको उहाँले बताउनुभएको छ् । किशोरीहरु मार्फत समुदाय स्तर सम्म मावन बेचबिखन विरुद्ध जनचेतना फैलाउन उद्धेश्यले अनुशिक्षण दिइएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा सहजीकरण गरिएको उहाँको भनाई छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले माईती नेपालले यस क्षेत्रमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेकोमा खुशी प्रकट गर्दै अनुशिक्षणले बढ्दो जोखिम कम हुने बिश्वास ब्यक्त गर्नुभयो ।

माईती नेपालले मानब बेचखिन तथा ओसारपसार नियन्त्रणमा प्रारम्भ देखिनै महत्वपूर्ण योगदान गर्दै आएको कुरा उल्लेख गर्दै नगर प्रबक्ता हरिसिंह धनाडीले बेचबिखनका केही उदाहरण समेत प्रस्तुत गर्दै मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा आफु पनि कटीबद्ध भएर लागेको र आगामी दिनमा पनि आफ्नो साथ सहयोग सधैं रहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका पुर्व उपप्रमुख चिनी गिरी ओझाले दोधारा चाँदनी नगरपालिका कार्यालय र माईती नेपालको सहयोग र सहकार्यमा नगर क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा अझ सशक्त भएर काम गर्नु पर्ने बेला भएको बताउनुभयो ।

मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको कार्यक्रममा सहभागी किशोरीहरुले बताएका छन् ।

बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा कार्यक्रममा अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

 

ताजा समाचार