कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा हस्ताक्षर अभियान शुरुवात गरेको छ् । रास्वपाले पाटी सभापति रवि लामिछाने माथी राजनितिक प्रतिशोध भएको भन्दै दोधारा चाँदनी नगरपालिकामा समेत हस्ताक्षर अभियान शुरुवात गरेको हो । रास्वपाका कञ्चनपुर जिल्ला कार्य समिति सदस्य गोकर्ण लामिछानेले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समेत उत्साहजनकरुपमा हस्ताक्षर अभियान संचालन भईरहेको बताउनुभयो । रास्वपाका नेता गोकर्ण लामिछानेले दोधारा चाँदनीको बिभिन्न टोल बस्तीमा पुगेर हस्ताक्षर संकलन अभियान सुरु गरिएको बताउनुभएको छ् ।

उहाँले कञ्चनपुरको सबै पालिकाहरुमा पुगेर लाखौं जनताको हस्ताक्षर संकलन गरिने बताउनुभयो । आईतवार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजारमा हस्ताक्षर संकलन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुरन कुमालले बताउनुभएको छ् ।

रास्वपा कञ्चनपुरका नेता कार्यकर्ताहरुले अहिलेको कांग्रेस, एमाले नेतृत्वको सरकार आफ्ना भ्रष्टाचारीलाई जरै देखि सरक्षण गर्ने अरुका खोजि खोजी प्रतिशोधपूर्ण ढंगले मुद्दा मामिला गर्न चलादै आएकोले सो अन्याय चिर्ने र सुशासनका लागि सत्ताधारी दलहरुले आफ्नै दल भित्र रहेका भ्रष्टाचार, मानव तस्करलाई कार्बाहीको चुनौती दिएका छन् ।

रास्वपाले अहिलेको सरकारले पाटी सभापति माथि गरेको अन्याय जनताले बुझिसकेकाले जनलहर आफुहरु तिरै बढेको दाबी गरेको छ् ।
