दोधारा चाँदनीमा ‘नगर स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण’ कार्यक्रम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगरपालिका स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालयको आयोजनमा एक दिने नगर स्तरिय वाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । संबिद्यानमा वाल अधिकारको सुनिश्चिता गर्न पालिकाले नगर स्तरिय वाल सञ्जाल गठन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालयका शाखा प्रमुख डम्मरा पन्त लेखकले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगपालिका क्षेत्रमा रहेका ७ वटा सामुदायिक माध्यमिक तहका बिद्यालयका बिद्यार्थी र ४ वटा निजी माध्यमिक तहका बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको उहाँले बताउनुभएको छ् ।

कार्यक्रममा बालबालिकाको हकहित र अधिकारका सम्बन्धीका कुराहरु, लागूऔषध दुव्र्यसनी बारे जानकारी, बालबालिका सम्बन्धी ऐन तथा बाल क्लब, सञ्जालका अधिकार र कर्तव्य लगाएतका विषयमा बालबालिकाहरुलाई जानकारी गराईएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालयका शाखा प्रमुख डम्मरा पन्त लेखकले बताउनुभयो । त्यस्तै बाल विवाह, बाल श्रम, बालबालिका बेचविखन तथा गैर कानूनी ओसार पसार, हिंसा, शोषण, यौन दुव्र्यवहार, असहाय, अपाङ्गता भएका तथा सडक बालबालिकाको संरक्षण र व्यवस्थापन लगाएतका विषयमा पनि बिद्यार्थीहरुलाई जानकारी गराईएको उहाँले बताउनुभएको छ् ।

वाल अधिकार महासन्धीले उल्लेख गरेको न्युनतम अधिकार वाल बचाउ, वाल संरक्षण, वाल बिकास र वाल सहभागिताको अधिकार सुनिश्चित गर्न नगरपालिकाले वार्षिक योजना तर्जुमा प्रकृयामा वालवालिका लक्षित कार्यक्रमको योजना निमार्णमा सहयोग पुग्ने उद्धेश्यले नगर स्तरिय स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा बताईएको छ् ।

कार्यक्रमको सहजीकरण दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालय शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखक र ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले गर्नुभएको थियो ।

कार्यक्रममा १५ सदस्यीय नगर स्तरीय बाल सञ्जाल गठन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाले जनाएको छ् ।

ताजा समाचार