दोधारा चाँदनीको तटीय क्षेत्रमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० शान्ती टोलको नजिक जगबुडा नदीमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास सम्पन्न गरिएको छ् । बाढीग्रस्त बस्ती भनेर चिनिने दोधारा चाँदनी नगरपालिका– १० को शान्ती टोलमा लाली गुराश विपद् व्यवस्थापन समितिको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सिकोर नेपालद्वारा सञ्चालित ‘जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजना, निड्स नेपालको स्कोप आरथ्री, नेपाल रेडक्रस सोसाईटी, दोधारा चाँदनी नगरपालिका लगाएतको सहयोग र सहकार्यमा शान्ती टोल नजिक जगबुडा नदीमा कृत्रिम नमुना अभ्यास सञ्चालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सिकोर नेपालद्वारा सञ्चालित ‘जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत गोबिन्द नारायण उपाध्यायले बताउनुभयो ।

बाढी आएको बखत बाढीबाट कसरी धनजनको सुरक्षा गर्ने भन्ने उदेश्यले स्थानीयहरुको आयोजनामा कृत्रिम नमुना अभ्यास गरिएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका महाकाली नदी र जगबुडा नदीले वर्षायाममा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको घर डुवानमा परि धनको ठूलो मात्रामा क्षती गर्दै आएको हुदा धनमाल सहित मानविय क्षती रोक्न समुदाय स्तरमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिदै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत अधिकृत गोबिन्द नारायण उपाध्यायले बताउनुभयो ।

वर्षेनी बाढीका कारण महाकाली नदी जगबुडा नदी छेउका बस्तीहरुका स्थानीयहरु पलाएन हुदै आएका छन् । उक्त क्षेत्रलाई लक्षित गर्दै बाढी आएको समयमा कसरी धनजनको सुरक्षा गर्ने भन्ने विषयलाई मध्यनजर गरी सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनामा समुदाय स्तरमै कृत्रिम नमुना अभ्यास गरिएको कार्यक्रममा बताईएको छ् । बाढीको समयमा पूर्व सूचना प्रणाली, खोज तथा उद्वार र प्राथमिक उपचार कसरी प्रयोग गर्ने भन्ने विषय बारे कृत्रिम नमूना अभ्यास गरिएको छ् ।

कार्यक्रमा दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजनाका प्रतिनिधी, निड्स नेपालका प्रतिनिधी, नेपाल रेडक्रस सोसाईटी, नगर प्रहरी, लाली गुरास विपद् व्यवस्थापन समितिका पदाधिकारी, सशस्त्र प्रहरी लगाएत स्थानियबासीहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीबाट धनमाल तथा मानविय क्षती रोक्न बाढीमा आधारित कृत्रिम नमुना अभ्यास सञ्चालन भईरहेको हुदा बाढी आएको बेला नगर प्रहरीको भुमिका अहम रहेको दोधारा चाँदनी नगरपालिका नगर प्रहरीका असई तिलक धामीले बताउनुभएको छ् ।

नगर क्षेत्रमा हुदै आएको बाढीमा आधारित कृत्रिम नमुना अभ्यास तथा बिभिन्न खाले बैठकमा समेत नगर प्रहरीको सहभागिता रहदै आएको उहाँले बताउनुभयो । नमुना अभ्यासले बाढी आएको बेला उद्धार, धनजनको सुरक्षामा ठूलो सहयोग हुने चाँदनी नगरपालिका नगर प्रहरीका असई तिलक धामीको भनाई रहेको छ् । वर्षाको बेला बाढीबाट धनजनको सुरक्षा र विपद न्यूनिकरण तथा समुदाय संग भएको क्षमतालाई परीक्षण गर्दा बाढी आएको समयमा बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउन कृत्रिम नमुना अभ्यासले ठुलो सहयोग गर्ने बताईएको छ् ।

मनसुन सरु भए संगै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा विपद् व्यवस्थापनको क्षेत्रमा व्यापक तयारी सुरु गरिदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाले जनाएको छ् ।

 

ताजा समाचार