समुदाय स्तरमै खोज तथा उद्धारको कृत्रिम अभ्यास, स्थानियबासीहरु स्फुर्तरुपमा अभ्यासमा सहभागी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा समुदाय स्तरमा खोज तथा उद्धारको कृत्रिम नमुना अभ्यास सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा छरिएर रहेका १२ वटा सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना र दोधारा चाँदनी नगरपालिका तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाको सहकार्यमा दोधारा चाँदनी नगरपािलका– ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा बाढी पुर्वानुमानमा आधारित विपद् पुर्व तयारी एवम् प्रतिकार्य सम्बन्धी कृत्रिम घट्ना नमुना अभ्यास सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् ।

मनसुन भित्रिदै गर्दा बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न समुदायका मानिसलाई सचेत बनाउने उद्देश्यले बाढी पुर्वानुमानमा आधारित विपद् पुर्व तयारी एवम् प्रतिकार्य सम्बन्धी कृत्रिम घट्ना नमुना अभ्यास गरिएको संयोजक राजकुमार सुनारले बताउनुभयो ।सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, खोज उद्धार टोली, स्थानियबासीहरुको सहभागितामा समुदाय स्तरमा खोज तथा उद्धारको कृत्रिम नमुना अभ्यास सम्पन्न गरिएको सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीले नाटक सहित खोज तथा उद्धारबारे नमुना अभ्यास गरेका थिए । पुर्वमा महाकाली नदी र पश्चिम/दक्षिण दिशा तर्फ जगबुडा नदीले घेरेको दोधारा चाँदनी नगरपालिकामा हरेक वर्ष बाढीले दु:ख दिदै आएको छ् । वर्षेनी बाढीकै कारण ठुलो मात्रामा धनमाल, भौतिक क्षती व्यहोर्दै आएका दोधारा चाँदनीबासीका तटिय क्षेत्रका स्थानियबासीहरु वर्षा सुरु भए संग रातीको समयम जाग्रम बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका बाढी, डुबान समस्या ग्रसित क्षेत्र रहेकाले कृत्रिम अभ्यासले बाढी आएको बेला खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले बताउनुभएको छ् ।

समुदाय स्तरमा कृत्रिम अभ्यासले समुदायका मानिसलाई बाढी आएको बेला उद्धार कार्य संगै पुर्व तयारीमा ठुलो सहयोग पुग्ने उहाँले विश्वास लिनुभएको छ् । विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानिय समुदाय भएको हुनाले स्थानिय समुदायलाई विपद् जोखिम न्यूनीकरणमा जागरुक बनाउन, विपद् संग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटनाको समयमा प्रतिकार्यलाई प्रभावकारी तवरले परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार कृत्रिम नमुना घट्ना अभ्यास गर्नु आवश्यक रहेको बक्ताहरुको भनाई रहेको छ् ।

कार्यक्रम दोधारा चाँदनी नगरपालिकामा रहेका लाली गुरास, शान्ती, कुतियाकवर, प्रगती, एकता लगाएत १२ वटा सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनमा बाढी पुर्वानुमानमा आधारित विपद् पुर्व तयारी एवम् प्रतिकार्य सम्बन्धी कृत्रिम घट्ना नमुना अभ्यास सम्पन्न गरिएको हो ।

ताजा समाचार