दोधारा चाँदनीमा महिला बिकासका समितिका पदाधिकारीहरु संग अन्तक्रिया

दोधारा । कञ्चनपुर दोधारा चाँदनी नगरपालिकामा महिला तथा वालवालिका शाखा कार्यालय अन्तर्गत गठन भएका महिला बिकास समुहका पदाधिकारीहरु संग अन्तरक्रिया सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालय अन्तर्गत नगर क्षेत्रमा गठन भएका महिला बिकास समुहका पदाधिकारी संग अन्तरक्रिया सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छरिएर रहेका ३८ वटा महिला समुहका पदाधिकारीहरु संग अन्तरक्रिया सम्पन्न गरिएको शाखा प्रमुख डम्मरा पन्त लेखकले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकमा क्षेत्रमा रहेका समुहलाई सक्रिय बनाई समाजमा रहेका बिकृती, बिसंगती बिरुद्ध आवाज उठान गरि सभ्य समाज निमार्ण गर्ने उद्धेश्यले अन्तरक्रिया सञ्चालन गरिएको उहाँले बताउनुभएको छ् ।

महिला तथा बालबालिका विरुद्ध हुने जुनसुकै हिंसा न्यूनीकरण गर्नका लागि नीतिगत र कानुनी व्यवस्थाका साथै समाजको मानसिकतामा परिवर्तन ल्याउन महिला तथा वालवालिका शाखा अन्तर्गत गठन भएका समुहरुले राम्रो भुमिका रहदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकले बताउनुभएको छ् । अन्तरक्रियामा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले दोधारा चाँदनी नगरपालिका भारतका ठुला प्रान्त उत्तरप्रदेश र उत्तराखण्ड संग जोडिएको खुला सिमा क्षेत्र रहेको नगरपालिका भएको हुदा चेलीबेटी बेचखिन तथा ओसारपसारको उच्च जोखिममा रहेको बताउनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सिमा क्षेत्रका बस्तीहरुमा जनचेतनामुलक कार्यक्रमले मानव बेचबिखन तथा ओसारपसार न्युनिकरण गर्न केही हद सम्म सफल हुनेमा आफुहरु बिश्वस्त रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका कार्यालयको एक कक्षमा सञ्चालन भएको अन्तरक्रियामा हिंसा, कुरिती र यौनजन्य दुब्र्यबहारमा सुन्य शहनशीलता हुनु पर्ने सहभागीहरुको भनाई रहेको थियो ।

महिला बिकास समुहका पदाधिकारीहरु संग अन्तरक्रियाको सहजीकरण दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखक र माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले गनुभएको थियो ।

ताजा समाचार