दोधारा चाँदनीमा दलित युवा युवतीलाई तिन महिने निशुल्क कम्प्युटर तालिम

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ् । नगर दलित समन्वय समिति दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सहयोगमा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न भएको हो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बसोबास गर्ने ६० जना दलित युवा युवतीहरुलाई ३ महिने कम्प्युटर तालिम प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा नगर दलित समन्वय समिति दोधारा चाँदनीका संरक्षक भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् ।

आर्थिक अवस्था कमजोर रहेका दलित युवा, युवतीहरुलाई डिजिटल युगमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । युवाहरुलाई हौसला प्रदान गर्दै कम्प्युटरको ज्ञान आजको युगमा अपरिहार्य भएको उहाँले बताउनुभयो । आजको युग विज्ञान र प्रविधिको युग रहेको भन्दै वडाध्यक्ष भक्त बहादुर सुनारले कम्प्युटर शिक्षा युवाहरुको लागी अपरिहार्य रहेको बताउनुभएको छ् ।

विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने उहाँको भनाई छ् ।

३ महिने निशुल्क कम्प्युटर तालिम समापन सत्रमा तालिममा सहभागी युवा, युवतीहरुलाई प्रमाण पत्र बितरण गरिएको नगर दलित समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् ।

ताजा समाचार