कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको भानु बहुमुखी क्याम्पसले विश्व बाताबरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको भानु बहुमुखी क्याम्पस, ईलाका प्रहरी कार्यालय, हेल्थपोष्ट बजार र नगर अस्पताल क्षेत्रमा विश्व बाताबरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका प्रमुख प्रकाश बहादुर चन्दले जानकारी दिनुभएको छ् । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराको साथ विश्व वाताबरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका प्रमुख प्रकाश बहादुर चन्दले बताउनुभयो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीका प्रमुख प्रकाश बहादुर चन्द, प्रध्यापक लगाएत बिद्यार्थी, युवाहरुको सहभागिता रहेको थियो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) अन्तर्गत समता आधारित अनुदानको सहयोग कार्यक्रम अन्तर्गत भानु बहुमुखी क्याम्पसले समय अनुकुल बिभिन्न जनचेनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको दोधारा चाँदनीका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

क्याम्पस परिवारले बेलबखत गर्दै आएको बिभिन्न सचेतनामुलक कार्यक्रमले समाजमा सकारात्मक संदेश प्रवाह गर्दै आएको उहाँको भनाई रहेको छ् । समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वत: सफा हुनसक्ने नगरप्रमुख लिम्बुले बताउनुभयो ।

भानु बहुमुखी क्याम्पस, ईलाका प्रहरी कार्यालय, हेल्थपोष्ट बजार र नगर अस्पताल क्षेत्रमा सरसफाई संग संकलित फोहरलाई ब्यवस्थापन गरिएको क्याम्पसले जनाएको छ् ।
