विश्व वातावरण दिवसको अवसरमा रेडियन्ट माद्यमिक विद्यालयमा वृक्षारोपण सम्पन्न रेडियन्ट

कञ्चनपुर : विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माद्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरिएको छ । विद्यालयमा रहेको विद्यार्थी इको क्लवको आयोजनामा भएको उक्त वृक्षारोपण कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न प्रजातीका बोट बिरुवाहरु रोपेका छन् । इको कल्वका अध्यक्ष ज्योती साउँद लगायत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको वृक्षारोपण कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो घरबाट फलफूल लगायतका बोट बिरुवाहरु ल्याएर विद्यालय प्रांगणभित्र वृक्षारोपण गरेका हुन् ।

विद्यार्थीहरुलाई वातावरण संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गराउनका साथै वृक्षारोपणको महत्वबारे जागरुक गराउन र विद्यालयमा स्वच्छ एवं हरियाली वातावरण कायम राख्न वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले बताउनुभयो । वृक्षारोपण कार्यक्रममा विद्यार्थीहरुका अतिरिक्त शिक्षक, शिक्षिका तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

ताजा समाचार