पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदीमा नदीको बहाव मापन यन्त्र ‘राडार लेभल सेन्सर’ जडान गरिएको छ् । निड्स नेपाल कञ्चनपुर र अक्सफाम नेपालको आर्थिक सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालय र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल नजिक जगबुडा नदीमा नदीको बहाव मापन यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको निड्स नेपाल कञ्चनपुर स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले जानकारी दिनुभएको छ् । यन्त्रले स्वचालितरुपमा नदीको पानीको सतह बढे, घटेको जानकारी दिने कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताउनुभयो । जगबुडा नदीले बर्सेनि बाढीबाट हुने धनजनको क्षति कम गर्नका लागि पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न को लागी जगबुडा नदीमा नदीको बहाव मापन यन्त्र जडान गरिएको उहाँले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती पटरा खल्ला, कञ्चनभोज, सुन्दरनगर, अठार नम्वर पिल्लर बस्ती, कुतियाकवर बस्तीमा बाढीको पुर्व तयारीको लागी निकै सहज हुने निड्स नेपाल कञ्चनपुर स्कोपआरथ्री का कार्यक्रम संयोजक ईश्वर उपाध्याय्ले बताउनुभयो । जडान गरिएको यन्त्रले १०–१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने दोधारा चाँदनी नगरपालिकाका प्मुख किशोर कुमार लिम्बुले बताउनुभयो । यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइट मार्फत अपडेट भईरहने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

जगबुडा नदीमा अझै सम्म नदीको बहाव मापन यन्त्र नभएको हुदा समस्या खेप्दै आएको बताउदै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले निड्स नेपाल कञ्चनपुर र अक्सफाम नेपालको आर्थिक सहयोग जडान गरिएको र नदीको बहाव मापन यन्त्रले दोधारा चाँदनी नगरपालिकाका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुलाई बाढीको बेला पुर्व सुचनाको लागी ठुलो मद्धत पुग्ने उहाँले बताउनुभयो ।

जडान गरिएको यन्त्रले माथिल्लो तटीय क्षेत्रबाट नदीको बाढी दोधारा चाँदनीको बाढी ग्रस्त बस्ती सम्म पुग्न झण्डै ४० देखि ४५ मिनेट लाग्ने भएको हुदा यन्त्र जडानको कार्यले बाढी पुग्नुपूर्व नै सतर्कता अपनाएर धनजनको क्षति कम गर्न सकिने बताईएको छ् । नदीको बहाव मापन यन्त्र (राडार लेभल सेन्सर) को मुल्य रु. १० लाख बताईएको छ् ।
