जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनिकरण अन्तर्गत जगबुडा नदीको छेउमा भेटिभराको बिरुवा रोपियो

पप्पु गुरुङ्ग, दोधारा । जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनिकरण अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा भेटिभरा अर्थात खसखसका बिरुवा रोपिएको छ् । विश्वविद्यालय अनुदान आयोग (युजिसी) अन्तर्गत समता आधारित अनुदानको सहयोग कार्यक्रम तथा भानु बहुमुखी क्याम्पसको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ७ जगबुडा नदीको छेउमा एक हजार भेटिभरा अर्थात खसखसका बिरुवा रोपिएको भानु बहुमुखी क्याम्पस सञ्चालक समिति दोधारा चाँदनीका अध्यक्ष भरत दत्त भट्टले जानकारी दिनुभएको छ् । भानु बहुमुखी क्याम्पसका प्रध्यापक, सञ्चालन समिति, बिद्यार्थी, जनप्रतिनिधी, उत्थानशिल युवा सञ्जाल, सशस्त्र प्रहरी स्थानियबासीको एक टोलीले जगबुडा नदीको छेउको जग्गामा खसखसका बिरुवा रापेको भानु बहुमुखी क्याम्पस सञ्चालक समिति दोधारा चाँदनीका अध्यक्ष भरत दत्त भट्टले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका महाकाली र जोगबुडा नदीले घेरिएको क्षेत्र भएकाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले विश्वविद्यालय अनुदान आयोग (युजिसी) अन्तर्गत समता आधारित अनुदानको सहयोग कार्यक्रम तथा भानु बहुमुखी क्याम्पसका बिद्यार्थी, प्रध्यापक लगाएत उत्थानशिल युवा सञ्जालको टोलीले जगबुडा नदीले जग्गा कटानी गर्दै आएको कञ्चनभोज क्षेत्रमा भेटिभरा अर्थात खसखसको बिरुवा रोपिएको बताउनुभएको छ् ।

भेटिभराको जराले माटोलाई बाँधी राख्ने, भुक्षय हुन नदिने हुदा जग्गा कटानी रोकिने उहाँको भनाई रहेको छ् । हाल जलवायु परिवर्तनको प्रभाव तीव्र रुपमा देखिन थालेको अवस्थामा वर्षायाममा जगबुडा नदीले जग्गा कटानी गर्दै जाने भएको हुदा क्याम्पस टोलीले भुक्षय रोक्न गरेको कार्य उत्साहजनक रहेको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका बाढीको उच्च जोखिममा रहेको नगरपालिका हुदा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलन साथै विपद् जोखिम न्यूनिकरण प्रक्रियामा शैक्षिक संस्थाहरुको प्रभावकारी सहभागिता आवश्यक भएको नगरप्रमुख लिम्बुको भनाई छ् ।

ताजा समाचार