
पप्पु गुरुङ्ग, दोधारा । जलवायु परिवर्तनका प्रभाव बारे चेतना अभिवृद्धि र समुदायस्तरमा अनुकूलन क्षमताको विकास गर्ने उद्देश्यले भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनीले जलवायु परिवर्तन अनुकूलन सम्बन्धी तिन दिने कार्यशाला सम्पन्न भएको छ् । विश्वविद्यालय अनुदान आयोग (युजिसी) अन्तर्गत समता आधारित अनुदानको सहयोगमा सञ्चालन भानु बहुमुखी क्याम्पसले कार्यशालाको आयोजना गरेको हो । कार्यशालाको उद्देश्य बारे स्पष्ट पार्दै क्याम्पस प्रमुख प्रकाश बहादुर चन्दले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलन साथै विपद् जोखिम न्यूनिकरण प्रक्रियामा शैक्षिक संस्थाहरुको प्रभावकारी सहभागिता आवश्यक भएकाले यस कार्यशालाको आयोजना गरिएको बताउनुभयो । उहाँले सामुदायिक क्याम्पस भएकाले क्याम्पसले पनि यो क्षेत्रमा आफ्नो भूमिका पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

समापन सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका महाकाली र जोगबुडा नदीले घेरिएको क्षेत्र भएकाले बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाले बिभिन्न संघ–संस्था संग समन्वय र सहकार्य गरि विपद् प्रतिकार्यको लागी तयारी गरिरहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । बढ्दो जलवायु परिवर्तनका प्रभावलाई कम गर्न र जोखिममा रहेका स्थानीय समुदायलाई सुरक्षित गर्ने उपाय सहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले यस्ता कार्यक्रमहरुले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै दीर्घकालीन समाधान तर्फ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यशालामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, नेपालमा जलवायु परिवर्तनको असर र अनुकूलन अभ्यासहरु, तथा पूर्वसूचना प्रणाली र सामुदायिक अग्रिम प्रतिकार्य जस्ता विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिनेछ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का पूर्वसूचना तथा पूर्वप्रतिकार्य अधिकृत भोजराज भट्ट, भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावल, र दोधारा चाँदनी नगरपालिकाका पूर्व विपद् सम्पर्क व्यक्ति रघुनाथ भट्टले कार्यशालामा सहजीकरण गर्नुभएको हो ।

कार्यशालाको समापन सत्रमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, क्याम्पस प्रमुख प्रकाश बहादुर चन्द, क्याम्पस संचालक समितिका अध्यक्ष भरत दत्त भट्ट, ओंमकार आधारभुत बिद्यालयका शिक्षक टंकलाल जोशी, क्याम्पसका परिवार लगाएतको उपस्थिती रहेको थियो ।






