पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुको पहलमा महिलाहरुलाइृ व्यवसायिक बनाउन ढाकाको कपडा बुनाई सम्बन्धी तालिम सञ्चालन भईरहेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका महिलाहरुलाई आर्थिकपार्जन संग जोड्न २ महिने ढाकाको कपडा बुनाई सम्बन्धी आधारभुत तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्युउद्यम बिकास शाखाकाका सहजकर्ता जयन्ती भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय संघिय सरकारको लद्युउद्यम बिकास शाखाको आयोजना र लद्यु घरेलु तथा साना उद्योग प्रर्वद्धधन कार्यालयको आर्थिक सहयोगबाट दोधारा चाँदनी नगरपालिकामा २ महिने ढाकाको कपडा बुनाई सम्बन्धी तालिम सञ्चालन भईरहेको सहजकर्ता जयन्ती भट्टले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने १० जना महिलाहरुलाई उक्त तालिममा सहभागी गरिएको उहाँले बताउनुभएको छ् । महिलालाई व्यावसायिक बनाउदै आय–आर्जन संग जोड्ने दुई महिने ढाकाको कपडा बुनाई तालिम सुरु गरिएको उहाँको भनाई रहेको छ् । नगर क्षेत्रका महिलाको जिवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । नगरबासीहरुलाई आत्मनिर्भर बनाउन संघिय सरकारलाई अनुरोध गरि तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अहिले परिवर्तित समयक्रम संगै ढाकाको कपडाको माँग बढेकोले बेरोजगार महिला स्वरोजगार बनाउने उद्धेश्यले तालिम सुरु गरिएको उहाँले बताउनुभएको छ् । तालिममा ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी लगाएतका सामग्री उत्पादन गर्न सिकाईएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

सीप सिकेर घरमै काम गर्न चाहने उद्यमीलाई नगरपालिकाबाट सहयोग गरिने उहाँको भनाई छ् । तालिममा सहभागी भई समय खेर नफाली तालिमको सही सदुपयोग गर्न तालिमका सहभागीहरुलाई नगरप्रमुख लिम्बुले आग्रह गर्नुभएको छ् ।






